नबिल बैंक र वान टु वाचबीच सम्झौता «

नबिल बैंक र वान टु वाचबीच सम्झौता

नबिल बैंक र वान टु वाच, एक लगानीप्रबर्धन कम्पनीले संयुक्त रूपमा ‘कोभिड १९ एमएसएमई कोष नेपाल’ अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याजमुक्त र धितोरहित कर्जा प्रदान गर्ने सम्झौता गरेका छन् ।
यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोविड–१९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितोरहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोविड–१९को प्रभावबिरूद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत हुनेछ । त्यसैगरी यी व्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने सम्झौतामा उल्लेख छ ।
पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितोरहित कर्जा प्राप्त गर्नेछन् र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ ।
नबिल बैंकका डेपुटी सीईओ, सुजितकुमार शाक्य र वान टु वाचका प्रबन्ध निर्देशक, सुमन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा नबिल बैंककातर्फबाट प्रमुख एसएमई र लघुवित्त, निरज बस्नेत डनिल र वान टु वाचका तर्फबाट कार्यक्रम प्रबन्धक, सुब्रिना श्रेष्ठको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्