बैंक अफ काठमाण्डूका निक्षेपकर्तालाई ५ लाखको बिमा भुक्तानी «

बैंक अफ काठमाण्डूका निक्षेपकर्तालाई ५ लाखको बिमा भुक्तानी

बैंक अफ काठमाण्डूले ‘बिओके सफलता मुद्दती खाता’मा उच्चतम व्याजदरका साथ एघार लाखसम्मको बिमा सुबिधा दिँदै आएको छ ।
सिद्धार्थ इन्स्योरेन्ससँगको सहकार्यमा बैंकले सो सुविधा दिँदै आएको हो । यस अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको लागि पाँच लाख, १८ प्राणघातक रोगहरुको लागि पाँच लाख तथा औषधि उपचारको लागि एक लाखको बिमा सुविधा छ ।
यसै अन्तर्गत रुद्रप्रसाद वस्तीलाई बैंकले ५ लाख रुपैयाँ बिमा दाबी रकम भुक्तानी गरेको हो । बैंकको बागमती प्रदेशअन्तर्गत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दिपक लम्सालले बिमा दाबी रकम बैंकको निक्षेपकर्ता वस्तीलाई हस्तान्तरण गरे ।
प्राणघातक रोगका कारण उनको स्वास्थ्य प्रतिकुल भएको अवस्था भएपछि उनलाई सो रकम प्रदान गरिएको बैंकले जनाएको छ । हाल उनले स्वास्थ्य लाभ गरी सामान्य जीवनयापन गरिरहेका छन् ।
उनले नारायणघाट शाखा कार्यालयबाट बैंकिङ्ग कारोबार गर्दै आइरहेका छन्।
बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्