नेप्सेमा एकैदिन १२३ अंकको पहिरो «

नेप्सेमा एकैदिन १२३ अंकको पहिरो

साताको पहिलो दिन आइतबार सेयर बजार १ सय २३ अंकले घट्दा नकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ ।
नेपाल राष्ट्र बैकले विहीबार गरेको मौद्रिक नीतिको त्रैमासिक समिक्षाका कारण सेयर बजारमा पहिरो गएपछि नकारात्मक ‘सर्किट ब्रेक’ लागेको हो । मौद्रिक नीतिको समिक्षा पश्चात बजार खुलेको पहिलो दिन आइतबारको बजारमा १ सय २३ अंकले गिरावट आयो । यसका साथै बजारमा कारोबार पनि एकम घन्टा आगाडि नै बन्द भएको छ ।
आइतबारको बजार ६ प्रतिशतले घट्पछि सर्किट ब्रेक लागेर दिनभरिको लागि कारोबार रोकिएको हो । नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आइतबारको बजार २ बजेर १३ मिनेटमा नै बन्द भएको हो । अन्य दिनमा सेयर बजारमा ३ बजेसम्म कारोबार हुने गरेको छ । आइतबार कारोबार शुरु भएदेखि नै निरन्तर ओरालो लागेको थियो । बजारमा नप्से परिसूचक १ सय २३ दशमलव ३४ अंकले घटेर १ हजार ९ सय ३२ अंकमा झरेको छ । बिहीबार सेयर बजार बन्द हुँदा नेप्से परिसूचक २ हजार ५५ अंकमा रहेको थियो ।
आइतबार सेयर बजारमा १ सय ९७ कम्पनीको एक करोड ५४ लाख ९० हजार कित्ता सेयर किनबेच भएको थियो भने कूल ७ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबारको कारोबारमा सबैभन्दा बढी पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । पुनर्बीमा कम्पनीको सेयर एकैदिन एक अर्ब १६ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । उच्च अंकले घटेको बजारमा सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ५ सय ६९ अंकले घटेको छ । यस्तै, आइतबार १८ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले घटेको छ । तर, उच्च अंकले घटेको बजारमा पनि ९ कम्पनीका लगानीकर्ताले केहि नाफा कमाएका छन् । आइतबारको बजारमा सबैभन्दा बढी रिलायन्स फाइनान्सका लगानीकर्ताले २.दशमलव ३० प्रतिशत अर्थात प्रतिकित्ता ४ रुपैयाँ कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्