अमेरिकामा साउदीको तेल निर्यात ३५ वर्षकै न्यून «

अमेरिकामा साउदीको तेल निर्यात ३५ वर्षकै न्यून

रियाद-अक्टोबरमा साउदी अरेबियाले अमेरिकामा गरेको कच्चा तेलको निर्यात ३५ वर्षकै न्यून कायम भएको छ । यो औसतमा प्रति दिन १ लाख ब्यारेल भन्दा कममा झरेको छ ।
२७ नोभेम्बरसम्मको सातामा अमेरिकामा भएको तेल निर्यात प्रति दिन ७३ हजार ब्यारेलसम्म झरेको थियो । ओपेककै ठूलो उत्पादक र निर्यातकले मूल्य घटेकाले कच्चा तेलको आपूर्तिमा कडाई गर्दै आएको छ ।
अप्रिलमा साउदीले अमेरिकामा १३ लाख ब्यारेल तेल निर्यात गरेको थियो । उक्त समयमा रुससँगको मूल्य द्वन्द्वका कारण अमेरिकी बजारमा ठूलो परिमाणमा तेल निर्यात गरेको थियो ।
त्यसपछिको समयमा साउदीले अमेरिकामा गरिने तेल निर्यातमा कडाइ गर्न सुरु ग¥यो र चीनतर्फको निर्यातलाई बढाउन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्