भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै खारेजीको माग «

भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै खारेजीको माग

भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै खारेजीको माग गरिएको छ । रामआधार साह भन्ने व्यक्ति भारतीय नागरिक भएकाले उनको नागरिकताको खारेजीको माग गरिएको हो ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बाराको कलैयाका प्रभात विक्रम शाहले भारतीय नागरिक राम आधार साहले कसरी नेपाली नागरिकता पाएको भन्दै प्रश्न गरे । उनले भने, “नक्कली भोला साहलाई नक्कली बाबु खडा गरी भारतीय नागरिक रामआधार साहले नेपाली नागरिकता लिएका छन् । उनले राम आधार साहलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।”
राम आधार साहलाई किर्ते गरेको अभियोगमा तत्काल पक्राउ गर्नुपर्ने प्रभात विक्रम साहले माग गरे । नागरिक छानविनका लागि जिल्ला प्रशासन कार्यालय बारा कलैयामा समेत उजुरी गरिएको उनको भनाइ थियो । भोला साहका दुईजना अर्को नामका छोरा भएको र राम आधार साह पनि छोराको रुपमा उल्लेखित गरी किर्ते गरिएको उनको आरोप थियो ।
बाराका महागढीमाइ नगरपालिका–२ मा यसबारे छानबिन भई कारबाही चलाइएको र वडा हुँदै नगरपालिकाले यथार्थ जानकारी पठाएको प्रभात शााहले बताए । छानबिनपछि उनी भोला साहको धर्मपुत्र भनी देखाइएको समेत बताइएको छ । जिल्ला प्रशासन कार्यालय बाराले यसबारे छानबिन गर्न रौतहटमा पत्र पठाएको जनाइएको छ ।
प्रभात शाहका अनुसार रामआधार साहलाई तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यलय बाराले पत्र समेत काटेको बताए ।
कार्यक्रममा रामआधार साह भारतको पूर्वी चम्पारण छौडादानो लतिहनवाका बासिन्दा रहेको दाबी गरियो । तर, उनी हाल बारा जिल्ला महागढीमाई नगरपालिका साविक वडा नं २ मा कपडा पसल गरी बसेको बताइयो । रामआधार शाहले बाबु भनेका भोला साह बनियाँका दुई छोरा भनिएका जेठा रामबाबु साह र अर्का कान्छा छोरा अजय गुप्ता रहेको भनि रौतहट जिल्ला इशनाथ नगरपालिका–९ को वडा कार्यलयको प्रमाणितपत्र मिति २०७५ ३ २६ चं.नं ०७४÷०७५÷९०४ को प्रमाणित प्रतिलिपी स्थानीयसित मौजुद रहेको जनाइएको छ ।
उनकोे तीन भाइमध्ये दुई भाइ पनि बारा जिल्ला मागनपा–२ मै व्यापार व्यवसाय गर्दै आएका हुन् । र, उनहरुले समेत नेपाली नागरिकता लिएका छन् । त्यसमध्ये एक भाइ राजेन्द्र साह हाल भारतीय नागरिक हुन् । रामआधार साहका तीनै दाजु भाइको नाम भारतीय भोटर लिस्ट मौजुद रहेको प्रमाण रहेको बताइयो ।

प्रतिक्रिया दिनुहोस्