जापानमा कार दुर्घटनामा नेपाली युवाको निधन, दुईजना घाइते «

जापानमा कार दुर्घटनामा नेपाली युवाको निधन, दुईजना घाइते

गोकर्ण अधिकारी
जापान- नेपाल सिन्धुपाल्चोक जिल्ला घर हुनुभएका वीरेन्द्र तमाङको कार दुर्घटनामा निधन भएको हो । तमाङ आफैंले चलाएको कार होक्काइदोको कितामी सहरमा दुर्घटना हुँदा कारमा सवार अन्य दुईजना घाइते भएका छन् ।
घाइते दुवै जना नेपालीहरु भएको र उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ । कारमा घिमिरे थरकी एक नेपाली महिला र विनोद विष्ट सवार रहेका थिए ।
कार दुर्घटनामा परी निधन भएका तामागंले गत बर्ष नेपाल गएर विवाह गरेर आएका थिए । हाल एक्लै जापानमा रहँदै आएका तमाङले केही समयअघि मात्र कार किनेका थिए भने गत वर्ष विद्यार्थीबाट वर्किङमा भिसा परिवर्तन गराएका थिए ।
कार दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङलाई अस्पताल लगिए पनि उपचारको क्रममा दुईघण्टापछि अस्पतालले मृत घोषणा गरेको थियो ।
दुर्घटना कितामी सहरको राष्ट्रिय राजमार्गको ३९ नम्बर रुट फुजिमा
रुबेसिबे चो कितामी सि क्षेत्रमा भएको हो । दुर्घटना डिसेम्बर ३ तारिख दिउँसो करिब ३ बजेर ३० मिनेटको समयमा भएको थियो । कार सडक किनार देब्रेपट्टिको सडक चिन्हमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जानकारी गराएको छ ।
निधन भएका तमाङ नाकासिबेचु चो योरोसिमा कार्यरत रहेका थिए ।
प्रहरीका अनुसार तीनै जना आसाहिकावाबाट नाकासिबेचुतर्फ जाँदै थिए ।
जहाँ उनीहरू बस्दै आएका थिए । दुर्घटनाको समयमा सो क्षेत्रमा सडकमा हिउँ रहेको थियो । हिउँमा चिप्लिएरै कार दुर्घटनामा परेको देखिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको सम्बन्धमा आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्