ग्लोबल आइएमई बैंक र मुसिकोट तथा आठबिसकोट नगरपालिकाबीच सम्झौता «

ग्लोबल आइएमई बैंक र मुसिकोट तथा आठबिसकोट नगरपालिकाबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र मुसिकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतम र आठबिसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीबीच छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकाले उद्यम व्यवसाय गर्न इच्छुक समुहलाई परामर्श तथा उधमशीलता सम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समूह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ । नेपालको कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्