Logo

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा सम्मान

वीरगञ्ज-नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औं वार्षिक साधारणसभाबाट कार्यकारिणी समिति सदस्य पदमा निर्वाचितहरुलाई वीरगञ्ज उद्योग वाणिज्य संघमा स्वागत तथा सम्मान गरेको छ । महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया र नेपाल चामल, दाल, तेल उद्योग संघका केन्द्रीय अध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्तालाई वीउवासंघका कर्मचारीहरुले स्वागत एवम् सम्मान गरेका हुन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघमा कार्यरत कर्मचारीहरुले आफुहरुको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेकोमा आभार प्रकट गर्दै वीउवासंघका अध्यक्ष केडियाले नेउवामहासंघमा कार्य समिति सदस्यको रुपमा निर्वाचित भएपछि पर्सा–बारामा सञ्चालित उद्योग, व्यवसायको समस्यालाई साझा समस्याको रुपमा नेपाल सरकारको सम्बन्धित निकायहरुमा रुपमा राख्न सहज वातावरण बनेको बताए । केडिया जिल्ला तथा नगर उद्योग वाणिज्य (खुला) तर्फबाट र गुप्ता वस्तुगत संघको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्