सहकारीद्वारा पोखरामा मन्टेश्वरी विद्यालय सञ्चालन «

सहकारीद्वारा पोखरामा मन्टेश्वरी विद्यालय सञ्चालन

पोखरा-करिब एक वर्ष अघि स्थापना भएको पोखराको एक सहकारीले मल्टेश्वरी विद्यालय सञ्चालनमा ल्याएको छ । पोखरा–५, प्रस्र्याङ, धारापानी मार्ग स्थित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले धारापानी हालै मन्टेश्वरी सञ्चालनमा ल्याएको हो ।
२ रोपनी जग्गा भाडामा लिइ करिब ३५ लाखको लागतमा ९ कोठे भवनसहितको उक्त मल्टेश्वरीमा लगानी भएको उनले जनाइन्। २०७६ साउनमा स्थापना भएको सहकारीले जनाएको छ । सहकारीले यसै शैक्षिक सत्रबाट मल्टेश्वरी कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
उक्त सहकारीको सेयर पुँजी ८९ लाख ५० हजार रहेको छ भने करिब एक करोड रुपैयाँ विभिन्न क्षेत्रमा कर्जा (लगानी) भएको छ ।

प्रतिक्रिया दिनुहोस्