सम्भावनालाई अवसरमा बदल्ने प्रयासमा छौँ «

सम्भावनालाई अवसरमा बदल्ने प्रयासमा छौँ

अर्जुन गुरुङ, अध्यक्ष, मस्र्याङ्दी गाउँपालिका


लमजुङको मस्र्याङ्दी गाउँपालिका भौगोलिक विकटताका बाबजुद कृषि, पर्यटन, जलविद्युत् र जडिबुटीका लागि धनी छ । गाउँपालिकामा संघीयता कार्यान्वयनसँगै विकास–निर्माणले पनि गति लिएको छ । लामो समय अध्यापन र विभिन्न संघसंस्थामा समेत नेतृत्वको अनुभव सम्हालेका अर्जुन गुरुङ अहिले गाउँपालिका अध्यक्ष छन् । उनी विकास–निर्माण र समृद्धिका लागि योजनाबद्ध तरिकाले काम गरेको बताउँछन् । यसै सन्दर्भमा उनीसँग गाउँपालिकाको स्रोत र सम्भाव्यताको उपयोग, विकास–निर्माण र समृद्धिका कामहरूलगायतका विषयमा केन्द्रित रही कारोबारकर्मी सन्देश पौडेलले गरेको कुराकानीको सार :

स्थानीय तहको अध्यक्षका रूपमा तपाईं को अनुभूति के छ ?
हामी राज्यको पुनर्संरचनापछिको पहिलो जनप्रतिनिधि हौँ । आवश्यक ऐन–कानुनको अभाव, आवश्यक पूर्वाधारहरू नहुनु, आवश्यक कर्मचारी नहुनुजस्ता विविध समस्या र अभावमा हाम्रो करिब दुई वर्ष व्यतीत भयो । तथापि स्थानीय सरकार सञ्चालन ऐनको परिधिमा रही सक्दो प्रयत्नहरू ग-यौँ । जनतालाई प्रत्यक्ष अनुभूत हुने गरी सेवा प्रवाह गर्ने कुरालाई मुख्य प्राथमिकतामा राख्यौँ । भएको सीमित स्रोत र साधनबाट जनताका लागि अतिआवश्यक कुराहरूलाई प्राथमिकतामा राखी विकास–निर्माणका योजनाहरूलाई अगाडि बढायौँ । सम्भावनाहरूको खोजी ग¥यौँ र ती सम्भावनाहरूलाई अवसरमा बदल्न प्रयत्न गरिरहेका छौँ । तमाम सम्भावनाहरूलाई अवसरमा बदल्दै समृद्धपालिका निर्माण गर्न सक्छौँ भन्ने उत्साह जागेको छ ।

के–कस्ता समस्या र चुनौतीहरू भोगिरहनुभएको छ ?
संघीयतापछिको पहिलो नेतृत्व भएकाले स्वाभाविक रूपमा हाम्रा सामु थुप्रै समस्या हुने नै भयो । मुख्यतः स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्याप्त ऐन–कानुनको कमी, पूर्वाधार र आवश्यक जनशक्तिको अभाव महसुस भयो । त्यस्तै गरेर संघ र प्रदेश सरकारसँगको समन्वयको अभाव अथवा कता–कता तालमेल नमिलेको जस्तो हुनाले पनि केही समस्या रह्यो र मुख्य गरी जनताको अपेक्षा वा चाहना असीमित हुुनु र स्थानीय तहमा पर्याप्त बजेटको अभावले यसको व्यवस्थापन अर्को चुनौतीका रूपमा रहेको छ ।

गाउँपालिकाको विकास र समृद्धिका लागि आधारहरू के हुन ?
गाउँपालिकामा भौगोलिक विकटता छ । तथापि ठूलो भूगोल भएका कारण केही अवसर र सम्भावनाहरू पनि हामी प्राप्त गर्न सक्छौँ । हाम्रो विकास र समृद्धिका मुख्य तीनवटा आधारहरू जलस्रोत, पर्यटन र कृषि हुन् ।
जलस्रोतका सन्दर्भमा जलविद्युत् आयोजनाहरू निर्माण हो । जुन स्थानीय सरकारका तर्फबाट साथै स्थानीय बासिन्दाहरूको लगानी पर्याप्त र जनशक्ति पर्याप्त हुन सक्दैन । यसमा स्थानीय सरकारका तर्फबाट लगानीमैत्री वातावरण निर्माण गर्ने र निर्माणमा स्थानीयहरूको अधिकतम रोजगारी सिर्जना गर्ने, उत्पादनलाई जोड्ने नै हो ।
कृषि र पर्यटन हाम्रो मुख्य प्राथमिकताका क्षेत्रहरू हुन् । थुप्रै उर्वर जमिनहरू, ठूला–ठूला लेक, खर्कहरू जहाँ हामी व्यावसायिक ढङ्गबाट मौसमी तथा बेमौसमी खेती गरेर प्रशस्त आम्दानी गर्न सक्छौँ । हामीसँग उच्च भूभागमा हुने नगदे बालीहरू र जडिबुटी खेतीका लागि प्रशस्त जमिन छ । त्यस्तै गरी हामीसँग थुप्रै मनोरम झरना, पोखरी, तातोपानी कुण्ड, धार्मिक एवं ऐतिहासिक स्थल तथा रमणीय गाउँ र कला–संस्कृतिहरू छन्, जसलाई हामी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन सक्छौँ । सम्भावित पर्यटकीय गन्तव्यहरूको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र विकास गर्नु जरुरी हुन्छ । सँगसँगै यसलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय जगत्मा चिनाउने यसको प्रचारप्रसार गर्ने अर्को महŒवपूर्ण काम हुन आउँछ । पर्यटकीय गन्तव्यहरूको केन्द्र बनाउनका लागि ती पर्यटकीय स्थानहरूको व्यवस्थापन, संरक्षण र प्रचारप्रसारको कामहरू गरिरहेका छौँ । पर्यटकीय गन्तव्यहरूलाई समेटेर डकुमेन्ट्रीहरू निर्माण गरेका छौँ, बु्रसर, म्युजिक भिडियोमार्फत चिनारी गराउने काम भएको छ भने थप सम्भाव्यता अध्ययनहरू गर्दै जाने र सम्भावित स्थलहरूको डीपीआर गुरुयोजना निर्माण गरी योजनाद्ध ढङ्गबाट विकास गर्दै लगिनेछ ।

बजेट सदुपयोगमा गाउँपालिकाले ध्यान नदिएको भन्ने गुनासो छ नि ?
विनियोजित बजेटको सदुपयोगका निम्ति अधिकतम निगरानी, अनुगमन गरिएको छ । थोरै बजेटमा सुरुवात गरिने योजनाहरूको नतिजा छिटो देखिने कुराको अपेक्षा गर्दा पनि हुन सक्दैन । उपभोक्ताहरूलाई सक्रिय बनाउने सवालमा होस् वा नियमित निरीक्षण गर्ने गुणस्तरीयताका लागिसमेत प्राविधिकहरूलाई बढी क्रियाशील गराउने कुरामा अधिकतम प्रयत्न गरिएको छ । जहाँसम्म जनताको सन्तुष्टिको कुरा छ हाम्रो प्रयत्न जनतालाई पूर्ण सन्तुष्टि गराउनेतर्फ नै हो । तर, जनताका यति धेरै आवश्यकताहरू छन्, वर्षौंदेखि विकास र परिवर्तनका लागि जनताले गरेका अभियानहरूले स्वाभाविक रूपमा जनतामा धेरै अपेक्षा र चाहनाहरू छन्, त्यसलाई पूर्ति गर्ने कुरा दुई–चार वर्षको बजेट वा योजनाहरूबाट सम्भव हुन सक्दैन । हामी केही दीर्घकालीन योजनाहरूसहित अगाडि बढ्न जरुरी पनि हुन्छ ।

आफ्नो भूमिकाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
हामीलाई अझै सम्झना छ, तीन वर्षअघि जनताको घरदैलोमा पुगेर जनताका बीच भनेका कुरा अनि प्रतिबद्धताहरू । यसमा हामी पूर्णरूपमा कटिबद्ध र प्रतिबद्ध छौँ । जनताको अतिआवश्यक कुराहरू शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका अन्य विकास–निर्माणका कुराहरू क्रमशः पूरा गर्दै लगेका पनि छौँ । सुशासनको कुरालाई गम्भीरतापूर्वक लिएका छौँ । समग्रमा त्यो उत्साहका साथ निरन्तर प्रयत्नरत भएका कारण आफ्नो भूमिकालाई सन्तोषजनक नै भएको अनुभुति भएको छ, तथापि जनताका निम्ति हामीले धेरै कामहरू गर्न सक्छौँ, कतिपय कामहरू अझै गर्न सकिरहेका छैनौँ ।

खानेपानी, शिक्षा र स्वास्थ्य सुविधाका लागि के–के काम भएका छन् ?
खानेपानी, शिक्षा र स्वास्थ्य जनताको अनिवार्य आवश्यकता हो । शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि २५ बुँदे शैक्षिक घोषणा गरी त्यसकै आधारमा अघि बढेका छौँ । खानेपानीका लागि संघ सरकार र प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्दै एक घर एक धाराको योजनाहरू अगाडि बढाइएको छ । कति योजनाहरू सम्पन्न भई प्रयोगमा समेत आइसकेका छन् । स्वास्थ्यको क्षेत्रमा थप बजेट र जनशक्तिको व्यवस्थापनसमेत गरी जनताको सेवा सुचारु गरिएको छ ।

संघीय सरकार र प्रदेश सरकारसँगको समन्वय कस्तो छ ?
संघीय सरकार र प्रदेश सरकारसँगको समन्वय राम्रै छ । अपेक्षित बजेट प्राप्त हुन सकेको छैन । योजना छनोटमा स्थानीय सरकारसँगको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन जरुरी देख्छु । विशेषगरी सडक, खानेपानीजस्ता योजनामा संघ र प्रदेश सरकारको सहयोग प्राप्त भएको छ ।

चालू आवका मुख्य योजना के–कस्ता छन् ?
चालू आर्थिक वर्षको बजेट तयारी गरिरहँदा कोरोना संक्रमणको अनुमान गरिएको छ । त्यसैले स्वास्थ्यतर्फ र विपद व्यवस्थापनका निम्ति आवश्यक बजेट विनियोजनसमेत गरिएको छ । त्यसपछि कृषि क्षेत्रको विकास र प्रवद्र्धनलाई समेत बजेट विनियोजन गरिएको छ भने सडक, सामुदायिक भवन, सिँचाइ, खानेपानीजस्ता योजनाहरूमा समेत बजेट विनियोजन भएको छ । शिक्षा विकास र पर्यटन प्रवद्र्धनलाई समेत बजेटले समेटेको छ । ‘स्वच्छ सफा मस्र्याङ्दी गाउँपालिका’ भन्ने अभियानसँगै सरसफाइ कार्यक्रमसमेत बजेटले समेटेको छ ।

विश्वव्यापी कोरोना भाइरस संक्रमणले विश्व थला परेको छ ? के–कस्तो प्रभाव प-यो र यसबाट उत्रनको निम्ति के–कस्ता पहल भए ?
विश्वलाई नै प्रभाव पारेको कोरोना भाइरसको संक्रमणले यस पालिकालाई पनि प्रभाव पा-यो । गाउँपालिकाको पूर्वाधार विकास निर्माणसँगै सामाजिक विकासका थुप्रै अभियानको गतिलाई गम्भीर प्रभाव पारेको छ । पर्यटनको प्रचुर सम्भावना भएको यो पालिका, जहाँ हजारौं आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्थे, योसँगै आर्थिक क्षेत्रमा गम्भीर प्रभाव परेको छ । शिक्षामा त्यस्तै प्रभाव परेको छ महिनौंदेखि बालबालिकाहरू प्रत्यक्ष सिकाइबाट वञ्चित छन् । दैनिक रोजीरोटीमा गुजारा चलाउनु पर्नेहरूको आफ्नै पीडा रह्यो । यसका बाबजुद पालिकाका तर्फबाट संक्रमणबाट सतर्कता गराउने कुरामा, राहत वितरणको कुरामा, संयमित र सतर्क हुँदै दैनिक काममा जोडिने र विकास निर्माणको कुराहरूलाई पुनः चलायमान बनाउने कुरामा सक्रियतापूर्वक भूमिका निर्वाह ग-यौँ । यसमा आमजनसमुदाय, राजनीतिक दल, जनप्रतिनिधिहरू र कर्मचारीहरूको उत्तिकै सहयोग र सद्भाव प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्