नेसनल बैंकिङ इन्स्टिच्युट र लक्ष्मी बैंकबीच सम्झौतापत्रमा «

नेसनल बैंकिङ इन्स्टिच्युट र लक्ष्मी बैंकबीच सम्झौतापत्रमा

काठमाडौं : नेसनल बैंकिङ इन्स्टिच्युट र लक्ष्मी बैंकबीच असोज ९ गते तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जसअनुसार एनबीआईले लक्ष्मी बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउनेछ । यस सम्झौताअनुसार लक्ष्मी बैंकले नेसनल बैंकिङ इन्स्टिच्युटबाट ५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरूका लागि वार्षिक तालिम सञ्चालन गराउने भएको छ । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाबीच हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्