अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगितामा नेपाली खेलाडीले भाग लिने «

अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगितामा नेपाली खेलाडीले भाग लिने

भैरहवा- पावर लिफ्टिङको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली भारतको नागपुर प्रस्थान गरेको छ ।
नागपुर अमरावतीमा डिसेम्बर ४ देखि ७ (मंसिर १८ देखि २२) सम्म एमेच्योर पावर लिफ्टिङ फेडेरेसन अफ इन्डियाको आयोजनामा हुने प्रतियोगितामा सहभागिता जनाउन एक महिला र चार पुरुष गरी ५ खेलाडी भैरहवाबाट भारत प्रस्थान गरेका हुन् ।
प्रतियोगितामा महिलातर्फ ५५ केजी तौल समूहमा श्रुति कार्की (सुर्खेत) तथा पुरुष खेलाडीहरुमा ७५ केजी तौल समूहमा कास्कीका सुजन आले मगर, ८० केजी तौल समूहमा स्याङ्जाका हसन गुरुङ, ९० केजी तौल समूहमा भक्तपुरका राजेश सुवाल र १०० केजी तौल समूहमा कास्कीका
आशिष आलेले प्रतिष्पर्धा गर्नेछन् ।
टिमसँगै एसिया पावर लिफ्टिङ फेडेरसनका उपाध्यक्ष जीवन गिरी र अन्तर्राष्ट्रिय पावर लिफ्टिङ संघका उपाध्यक्ष केदारमान स्थापित पनि भारत गएका छन् ।
विभिन्न जिल्लामा आन्तरिक रुपमा छनोट गरी पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन जान लागेको टिम लिडर स्थापितले बताए । इनडोर खेलमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । आउटडोरमा भने हालै बंगलादेशसँग फुटबल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्