लक्ष्मी हुण्डार्द्वारा ‘क्लिक टु बाइ’ सेवाको सुरुवात «

लक्ष्मी हुण्डार्द्वारा ‘क्लिक टु बाइ’ सेवाको सुरुवात

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्लिक टु बाइ सेवोा सुरुवात गरेको छ । कोरोना महामारीको परिस्थितिलाई सहज बनाउन भन्दै कम्पनीले आफ्ना ग्राहकले सम्पर्कविहिन वा सीमित सम्पर्कमा सजिलै अनलाइनबाट आफूलाई चाहिएको हुण्डाई गाडी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
लक्ष्मी हुण्डाईले हाल कोरोना महमामारी जारी रहेकाले सावधानी स्वरुप भौतिक दूरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणाली मार्फत ग्राहकहरुले आफूलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मूल्य, छुट तथा अन्य विभिन्न फाइदाहरुको साथै चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको छनौट गरी खरिद गर्न सक्ने छन् ।
ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडी खरिदका लागि अनलाइनबाट कोटेशन जारी गर्नका साथै ‘क्लिक’ टु ‘बाइ’ पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत सजिलै चाहिएको गाडी बुक गर्न सक्नेछन्

प्रतिक्रिया दिनुहोस्