ज्योति विकास बैंकको स्क्यान एण्ड विथ्ड्र सेवाको सुरुवात «

ज्योति विकास बैंकको स्क्यान एण्ड विथ्ड्र सेवाको सुरुवात

ज्योति विकास बैंक लिमिटेडले ‘स्क्यान एन्ड विथ्ड्र’ सेवा सञ्चालनमा ल्याएको छ । सो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको बैंकको एपमार्फत बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन् ।
स्क्यान एन्ड विथ्ड्रमार्फत काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने बैंकले जनाएको छ । बैंकले यो सेवा देश भरिका १०५ वटै शाखा कार्यालयबाट एकैपटक सुरुवात गरेको बताएको छ । सो सेवा सञ्चालन भएसँगै ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटिएम कार्ड बोकिरहनुपर्ने आवश्यक्ता नरहेको बैकले जनाएको छ । आधुनिक बैंकिङ प्रविधिलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङलाई थप सुदृढ बनाउनुका साथै ग्राहकहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा प्रयोगमा ल्याएको बैंकको चनाइ छ ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फतसेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ४२ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३४ ब ६० करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्