बाँकेको खजुरामा १५ शैय्याको अस्पताल भवन शिलान्यास «

बाँकेको खजुरामा १५ शैय्याको अस्पताल भवन शिलान्यास

नेपालगन्ज- बाँकेको खजुरामा १५ शैय्याको अस्पताल भवन शिलान्यास भएको छ । बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य नन्दलाल रोकायले सोमबार एक समारोहबीच अस्पताल भवनको शिलान्यास गरेका हुन् । खजुरा–३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल बनाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रोकायले अस्पताल निर्माणमा बजेटलगायतका कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता जनाए । सांसद रोकायले संघीय लोकतान्त्रिक व्यवस्थामा सरकार र जनप्रतिनिधि जनताका इच्छा र चाहना अनुसारका कार्यक्रम लिएर अगाडि बढ्ने गरेको बताउँदै उक्त व्यवस्थाको रक्षा गर्न सबैमा अपिल गरे ।
कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरामा निर्माण हुने अस्पताल स्वास्थ्य हब बनाउने लक्ष्यमा कोशेढुंगा सावित भएको बताए । संघीय सरकारको १८ करोड ६ लाख रुपैयाँको लागतमा अस्पताल स्तरोन्नति हुन थालेको हो । खजुरामा ५० शैयाको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा रहेको छ । जुन पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल हो ।

प्रतिक्रिया दिनुहोस्