नयाँ लगानी नआएमा भारतमा बैंकको पुँजी घट्नेः मुडिज «

नयाँ लगानी नआएमा भारतमा बैंकको पुँजी घट्नेः मुडिज

नयाँ दिल्ली-क्रेडिट रेटिङ सेवा कम्पनी मुडिजले आगामी २ वर्षमा उदीयमान एसियाको पुँजी बजारमा गिरावट आउने जनाएको छ । नयाँ लगानी नआएमा यो अवधिमा भारतका बैंकहरुको पुँजी सर्वाधिक घट्ने क्रेडिट रेटिङ सेवा कम्पनीले जनाएको छ । उदीयमान बजारका बैंकहरुका लागि सम्पत्तिको अनिश्चित गुणात्मकता सर्वाधिक ठूलो चुनौती हुने मुडिजले हालै प्रकाशित एक रिपोर्टमा उल्लेख गरेको छ । कोभिड–१९ महामारीमा यसको विस्तार कम गर्नका लागि ल्याइएका विभिन्न नीतिका कारण परिस्थिति चुनौतीपूर्ण हुनु यसको कारण हो ।
उदीयमान बजारमा २०२१ बैंकहरुको परिदृश्य नकारात्मक हुने रिपोर्टमा उल्लेख छ । तर, बिमा कम्पनीहरुका लागि भने परिस्थिति स्थिर हुने छ ।
मुडिजले भनेको छ,“एसिया–प्रशान्त क्षेत्र बैंकहरुको बढ्दो गैर भूमिकाका सम्पत्ति (नन पफर्मिङ एसेट) र बिमा कम्पनीका उतार–चढावको लगानी पोर्टफोलियो चिन्ताको विषय हो । आगामी २ वर्षको अवधिमा उदीयमान एसियामा बैंकहरुको पुँजी घट्ने छन् । सार्वजनिक र निजी लगानी प्राप्त नहुने स्थितिमा भारत र श्रीलंकाका बैंकहरुको पुँजीमा सर्वाधिक बढी गिरावट आउने छ ।”

प्रतिक्रिया दिनुहोस्