नेपाल–भारत सम्बन्ध सही ट्र्याकमा फर्किएको छ : प्रधान «

नेपाल–भारत सम्बन्ध सही ट्र्याकमा फर्किएको छ : प्रधान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपालले भारत र चीन दुवै देशसँग अधिकतम फाइदा हासिल गर्नेगरी सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लबले सोमबार आयोजना उनले नेपालको सेनाले सिमामा त्यति चासो नलिएको बताए ।
उनले भने, ‘हाम्रो सेनाको प्रयोग र सबैभन्दा बढी सदुपयोग भनेको नै युएन पिसकिपिङमा मात्रै हो, नेपालको सिमामा सेनाले त्यति चासो दिएको छैन । त्यहाँ प्यारामिट्री फोर्स र सशस्त्र प्रहरी बस्छ । सेना डाइरेक्ट जानु पनि हुँदैन । युद्धै भएको अवस्थामा मात्रै जाने हो । नेपालले युद्धको अवस्था ल्याउन दिनु पनि हुँदैन । नेपालले एक अर्काविरुद्ध प्रयोग गर्नुहुँदैन । आफ्नो हितमा काम गर्नुपर्छ ।’ नेता प्रधानले भारत र चीनसँग कुनै पनि किसिमको शंका÷उपशंका गर्न नहुनेमा जोड दिए ।
नेकपाभित्रको विवादबारे संकेत गर्दै उनले वर्तमान सरकारलाई आफ्नो म्याण्डेटअनुसार चल्न दिनुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टी अध्यक्षलाई निर्वाध रुपमा चलाउन दिनुपर्छ । अहिले सबै पार्टीमा समस्या छ । हारेपछि हार्नेले पनि भाग खोज्ने प्रवृत्ति देखियो । वर्तमान प्रधानमन्त्री केपी ओलीको मूल्यांकन पाँच वर्षपछि हुने हो ।’
उनले आफ्नो पार्टीभित्र पनि विवाद भएको सुनाए । यद्यपि, आफ्नो पार्टीभित्रको विवाद भने पार्टीको अधिवेशनको लागि भएको उनले बताए । प्रधानले अहिले राजतन्त्र फर्काउनुपर्छ भनेर भैरहेको जुलुस तथा प्रदर्शनलाई लिएर भने, ‘यो सबै धमिलो पानीमा माछा मार्ने खेल हो । अब नेपालमा राजतन्त्र फर्किँदैन । राजालाई पार्टी खोल्न चुनौति दिन्छु । तलबाट उठेर आउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्