Logo

१ हजार ८ सय १४ किसानलाई कृषि सामग्रीका साथै बीउ विजन वितरण

धनकुटा- विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस को नकारात्मक असरका कारण कृषक समुदायमा देखा परेको आर्थिक मन्दिलाई सुधार गर्नका लागि १ नं प्रदेश सरकारले स्वीस सरकारको आर्थिक सहयोग र कारीतास नेपालाको साझेदारीमा जीविकोपार्जन सहयोग परियोजनाले सहिद भूमिगाउँपालिकाका १ हजार ८ सय १४ किसानलाई करिब १ करोड ८ लाख ५६ हजार बराबरको हजारी, प्याकिग प्लस्टिक, स्प्रेलगायतका कृषि सामग्रीका साथै बीउ विजन तथा वडा कार्यालय तथा स्वास्थ्य कार्यलयमा हेण्डवास स्टेशन उपलब्ध गराएको छ ।
कोरोना संक्रमणको सबै क्षेत्र तहन नहस भएको र अन्य क्षेत्रलाई अन्य निकायले सहयोग गरेकाले आफूहरूले कोरोनाका कारण मर्कामा परेका किसानलाई परियोजनामार्फत सहयोग गरेको परियोजना संयोजक इन्द्रबहादुर विश्वकर्माले बताए । कोरोना महामारीबाट आर्थिक मन्दि व्यहोरी रहेका किसानलाई सम्बोध नगर्न प्रदेश सकारले यो कार्यक्रम सञ्चाल नगरेको प्रदेश नं १ का भूमि व्यवस्था कृषिसहकारी राज्यमन्त्री रामबहादुर रानाले बताए । प्रदेश नं १ को धनकुटा, मोरङ, झापा, इलाम र खोटाङ्गका एक–एक पालिकामा यो कार्यक्रम सञ्चालनमा छ । यो परियोजनाबाट कृषि सामग्री पाएका िकसानले बीउ विजन र कृषि सामग्री मात्र होइन आवश्यक तालिमको व्यवस्था गरी दिन पनि सकार सग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्