कोका—कोला र नेपाल रेडक्रस सोसाइटीद्वारा धनगढी अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण «

कोका—कोला र नेपाल रेडक्रस सोसाइटीद्वारा धनगढी अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण

कैलाली– कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारीअन्तर्गत कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै सेतीप्रादेशिक अस्पताल धनगढी, कैलालीको प्राङ्गणमा सुरक्षा सामग्री तथा उपकरण अस्पताललाई हस्तान्तरण गर्दै ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिडको संक्रमण अझ फैलन सक्ने भएकाले थप सजग हुँदै तयारीलाई बढाउनुपर्ने आवश्यकता औँल्याए ।
सेतीप्रदेश अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. हेमराज पाण्डेलाई सामग्री हस्तान्तरण गर्दै उनले भने, “रेडक्रसले सरकारको सहयोगीको कार्य गर्दैछ र निष्पक्षतालाई ध्यान दिँदै थप सहयोग गर्न रेडक्रस लगायतको संस्थालाई अनुरोध गर्छु ।”
आइतबार हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार ८ सय ५० रुपैयाँको आईसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षापोशाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा वटा रहेका कार्यक्रमको सञ्चालन गर्दै नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । ती सामग्रीहरुको जम्मा१८ लाख ५१ हजार १ सय रुपैयाँ छ ।
नेरेसोका केन्द्रीय महामन्त्री पिताम्बर अर्याल, केन्द्रीय सदस्यद्वय जीवन राना र उद्धव भट्टराई, विपद् व्यवस्थापन विभागका निर्देशक बिपुल न्यौपाने, सञ्चार विभागका निर्देशक दिव्यराज पौडेल, स्वास्थ्य सेवाबिभागका उपनिर्देशक शिवराम गौतम र कोकाकोलाका प्रतिनिधि सुवास दाहालको समुपस्थितिमा भएको कार्यक्रममा नेरेसो कैलाली शाखाका सभापति उत्तमजोशीले स्वागत गरे ।
कार्यक्रममा नेपाल रेडक्रस केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक राजु राउत, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका पदाधिकारी एवं कर्मचारी र अस्पतालका कर्मचारी लगायतको उपस्थिति थियो ।
यसअघि गत असारमा पहिलो चरणमा मास्क, सुरक्षा बुट, स्यानिटाइजर, क्लोरिन झोल र साबुन अस्पताललाई उपलव्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्