सुर्खेतका चार स्थानीय तहमा १५ शैय्याका अस्पताल शिलान्यास

सुर्खेत जिल्लाका चार स्थानीय तहमा १५ शैय्याका अस्पताल भवनको शिलान्यास गरिएको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका वीरेन्द्रनगर नगरअस्पताल, बराहताल अस्पताल, पञ्चपुरी अस्पताल र चौकुने अस्पतालको शिलान्यास नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले गरेका हुन् । एक स्थानीय तह एक अस्पताल बनाउने सरकारको योजनाअनुसार चालू आर्थिक वर्षमा सुर्खेतका ९ मध्ये ८ स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने निर्णय भएको राज्यमन्त्री रावतले बताए ।
उनकाअनुसार चालू आर्थिक वर्षमा देशभर ३ सय ९६ स्थानमा ५ देखि १५ शैय्याको अस्पताल सञ्चालन गरिँदैछ । त्यसैअन्तर्गत कर्णालीका ३९ स्थानीय तहमा अस्पताल सञ्चालन हुनेछन् । अस्पताल निर्माणका लागि हरेक अस्पताललाई १ करोड रुपैयाँ केन्द्र सरकारले पठाइसके राज्यमन्त्री रावतले जानकारी दिए । भवन निर्माणका लागि बहुवर्षीय योजनाका रूपमा १८ करोड रुपैयाँ दिने सुनिश्चितता गरिएको उनले बताए । पाँच वर्षभित्रमा नेपालका सबै स्थानीय तहमा ५ देखि १५ शैय्याका अस्पताल बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।
आइतबार पञ्चपुरी नगरपालिकाको सालकोटस्थित १५ शैय्या अस्पतालको भवन शिलान्यास कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने वर्तमान सरकारको योजना रहेको बताए । ‘स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन ल्याउने योजनामा हामी छौँ,’ राज्यमन्त्री रावतले भने, ‘योजना मात्र होइन हामी त्यसको कार्यान्वयन तहमै अघि बढेका छौँ ।’ सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ । यस्तै हिमाली जिल्लाका केही जिल्लामा २५ शैय्याको र प्रायः सबै जिल्ला अस्पताललाई ५० शैय्यामा विस्तार गर्ने काम भइसकेको उनले बताए । प्रदेश अस्पतालहरूलाई ३ सय शैय्याका तथा संघीय सरकार मातहतमा रहेका १३ अस्पताल र छ प्रतिष्ठान गरी १९ वटा अस्पतालाई पाँच सय शैय्यामा विस्तार गर्न लागिएको राज्यमन्त्री रावतले बताए ।
उनकाअनुसार यसअघि सरुवा रोग अन्वेषण अस्पताल काठमाडौँको टेकुमामात्र रहेकोमा अब सातवटै प्रदेशमा ल्याबसहितको ५० शैय्याको सरुवा रोग अस्पताल बनाउने निर्णय गरी पहिलो चरणको बजेटसमेत पठाइ सकिएको छ । यस्तै यसअघि ट्रमा सेण्टर काठ्माण्डौमामात्र रहेकोमाअब सात वटा प्रदेशको दश स्थानमा ५० शैय्याका बनाउने निर्णय गरी सेवा सुरु भइसकेको उनले बताए ।
‘नेपालको संविधानले पनि स्वास्थ्यको अधिकार सुनिश्चित गरेको छ त्यसको कार्यान्वयनमा सरकार गम्भीर छ,’ राज्यमन्त्री रावतले भने, ‘सरकारकायी योजना र कामले स्वास्थ्य क्षेत्रमाआमूल परिवर्तन हुँदैछ भन्ने कुरा क्लिएर छ ।’ सरकारले चुनावका बेला पार्टीले गरेको एक स्थानीयतह एक अस्पतालको प्रतिबद्धता कार्यान्वयन स्वरुप सबै स्थानीयतहमा अस्पताल सञ्चालन गरिने बताए ।
सामान्य उपचारका लागि चिकित्सकलाई भेट्न जिल्ला सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता भएका पश्चिम सुर्खेतवासी आफ्नै गाउँमा अस्पताल बन्ने भएपछि खुसी भएका छन् । चौकुने गाउँपालिका–५ बिजौराका ७० वर्षका पदम कामी शनिबार निकै हर्षित मुद्रामा देखिन्थे । आफ्नो गाउँमै अस्पताल बन्ने कुरा नै उनको खुसीको कारण थियो ।
चौकुने गाउँपालिक–५ बिजौरामा बन्न लागेको १५ शैय्याको अस्पताल शिलान्यास कार्यक्रममा उपस्थित पदमले आफ्नो घर नजिकै अस्पताल बन्न लागेकामा खुसी व्यक्त गरे । ‘जीवनभर औषधी उपचारका लागि धेरै दुःख भोगियो’ पदमले भने, ‘बुढेसकालमा भए पनि गाउँमै अस्पताल बन्न लाग्यो हामीले दुःख पाए पनि छोरा नातिले सुःख पाउने भए ।’ चौकुने ४ पुछ्माबाट दुई घण्टा हिँडेर शिलान्यास कार्यक्रममा आएकी कृणा रोकाय पनि त्यतिकै खुसी देखिन्थिन । आफ्नो पालिकामा अस्पताल बन्न लागेपछि सामान्य उपचारका लागि पनि वीरेन्द्रनगर जानुपर्ने बाध्यता अन्त्य हुने कृष्णाको आशा छ ।
सामान्य उपचारका लागि पनि सदरमुकाम जानुपर्ने बाध्यताले उपचारभन्दा जानआउने भाडा र वीरेन्द्रनगर बस्दा बढी खर्च हुने गरेको तितो यर्थात सुनाइन् । ‘हामी त सानो केही भयो भने पनि डाक्टरलाई देखाउन मात्र पनि सुर्खेत जानुपर्छ’ उनले भनीन्, ‘जान एक दिन आउन एक दिन लाग्छ डाक्टरलाइ देखाउनभन्दा बढी त भाडा र खान बस्नका लागि लाग्छ ।’
अस्पताल शिलान्यासले पदम र कृष्णा मात्रहोइन सुर्खेत जिल्लाको पश्चिमवासिन्दालाई हर्षित बनाएको छ । उपचार भन्दाआउनजाने भाडा र बस्ने खाने खर्च धेरै लाग्ने भएपछि लगाम, बेतान, बिजौरालगायत चौकुने गाउँपालिका न्यून ायभएका परिवारलाई स्वास्थ्य उपचार चुनौतीपूर्ण छ । बिजौरामा अस्पताल बनेपछि भने यहाँकानागरिकलाई स्वास्थ्य सेवा सुलभ हुनेछ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेले चौकुने गाउँपालिकामा हाल दैनिक साढे दुई सय बिरामी विभिन्न स्वास्थ्य संस्थामा आउने गरेको बताए ।