डडेल्धुराको अमरगढीमा १ कोरोना संक्रमितको मृत्यु «

डडेल्धुराको अमरगढीमा १ कोरोना संक्रमितको मृत्यु

डडेल्धुराको अमरगढीमा नगरपालिकामा १ कोरोना संक्रमितको मृत्यु भएको छ । डडेल्धुरा अस्पतालको आइसोलेनमा उपचाररत अमरगढी नगरपालिका–५ की ८५ वर्षीया कमलादेवी नगरकोटीको आइतबार मृत्यु भएको हो ।
निमोनियातथा छातीको समस्याले ग्रसित रहेकी उनीमा केही दिनअघि कोरोना संक्रमण भेटिएको थियो । डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको शव रणबम गण दहब्यारेकले व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्