उत्कृष्ट कारोबार गर्ने दुई सहकारी पुरस्कृत «

उत्कृष्ट कारोबार गर्ने दुई सहकारी पुरस्कृत

बागलुङ- राष्ट्रिय सहकारी बैंकले नवलपुरका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५-०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई पुरस्कृत गरिएको हो ।
बैंकको कावासोती शाखामा उत्कृष्ट कारोबार गर्ने अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने नव त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो । अमर साकोसका अध्यक्ष प्रजापति कंडेल र नव त्रिवेणी साकोसका अध्यक्ष घनश्याम चापागाइँलाई राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सम्मानपत्र सहित पुरस्कृत गरेका हुन् ।
सहकारी बैंकले केन्द्रीयस्तर, प्रदेशस्तर र शाखास्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६औं वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्