कोरोना प्रभावबाट माथि उठ्दै चीन «

कोरोना प्रभावबाट माथि उठ्दै चीन


बेइजिङ-चीनको निर्माण गतिविधिले नोभेम्बरमा गती लिएको छ । यसका अलावा चीन कोरोनाभाइरस महामारीबाट पनि माथि उठ्न थालेको छ । तर, यसको विपरित अमेरिका र युरोपमा भने संक्रमण बढ्न थालेको छ ।
सरकारी तथ्यांकिय एजेन्सी तथा एक औद्योगिक समूहद्वारा जारी गरेको आंकडा अनुसार पर्चेजिङ मेनेजर्स सूचकांक नोभेम्बरमा बढेर ५२.१ मा पुगेको छ । अक्टोबरमा यो सूचक ५१.४ थियो । चिनियाँ सरकारले अब महामारी नियन्त्रणमा आएको बताएको छ ।
चीनका अन्य व्यापारिक गतिविधि पनि सामान्य बन्न थालेका छन् । कारखाना, स्टोर र कार्यालयहरु खुल्न थालेका छन् । चीनमा सवारी साधनको बिक्री, कारखाना उत्पादन र अन्य गतिविधि महामारीपूर्वको अवस्थमा पुगेका छन् ।
विश्वमा कोरोनाभाइरसको महमारी चीनबाट सु्रु भएरनै विस्तार भएको थियो । कोरोनाभाइरसका कारण लकडाउन गर्ने पहिलो मुुलुक चीननै थियो र मार्चमा आएर चिनियाँ अर्थव्यवस्था पुनः खुल्न सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्