हवाई दूर्घटनामा प्राकृतिक जोखिम बढी «

हवाई दूर्घटनामा प्राकृतिक जोखिम बढी

यी हुन दूर्घटनाका मुख्य तीन कारणः
– बादलभित्र छिरेर पहाडमा ठोक्किनेः ७३ प्रतिशत
– चालकले सन्तुलन गुमाउनेः २५ प्रतिशत
– धावनमार्गबाट चिप्लिनेः २ प्रतिशत


नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्लो सयम नेपालमा हवाई दूर्घटनामा मुख्य तीन कारण रहेको औंल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’ ले उच्च जोखिम वर्गीकरण गरी यस्तो कारण औंल्याएको हो । जसमा विमान बादल भित्र छिरेर पहाडमा ठोक्किनु (कन्ट्रोल फ्लाइट इन टू टेरेन) बाट हुने दूर्घटना ७३ प्रतिशत रहेको उल्लेख छ । यस्तै, चालकले विमान उडानको क्रममा विभिन्न कारणले सन्तुलन गुमाएर हुने दूर्घटना (लस अफ कन्ट्रोल इन फ्लाइट) मा २५ प्रतिशत र उडान वा अवतरणको समयमा रहेको विमान धावन मार्गबाट चिप्लिएर (रन–वे एक्सकर्सन)मा हुने २ प्रतिशत औंल्याइएको हो ।
चरा ठोकिएर, मध्य आकासमा दुई विमानहरू बीचको टकराव, सिस्टम कम्पोनेन्ट फेलियर, नेभिगेशन एड -याम्प व्यवस्थापन, पार्किङमा हुने कमिकमजोरीले नेपालमा विमान दूर्घटनाको उच्च जोखिममा रहेको प्राधिकरणले सार्वजनिक गरेको १० वर्षे प्रतिवेदनमा उल्लेख छ । सन् २०१० देखि २०१९ सम्म १३ हेलिकप्टर दूर्घटना भएका छन् भने सो दूर्घटनामा परि २९ जनाले ज्यान गुमाएका छन् । यस्तै सिङ्गल इन्जिन भएको विमानमा ४ दूर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् भने मल्टीइन्जिन भएको १६ विमान दूर्घटनामा १ सय ३५ जनाले ज्यान गुमाएको उल्लेख छ । अल्ट्रालाइटको तीन दूर्घटनामा ५ जानले ज्यान गुमाएका छन् । साथै नेपालमा भएको २ विदेशी २ वायुयानमा दूर्घटना ५१ जनाले ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले ग्रामीण क्षेत्रमा हुने उडान बढी जोखिममा रहेको र २० दूर्घटनामा १७ दुर्घटना ग्रामीण क्षेत्रमा भएको छ भने ३ दूर्घटनामात्र तराईका गन्तव्यमा भएका छन् । यस्तै, नेपालमा विमानले उडान भरिसके पछिको मध्य उडान (इन रुट)मा ३० प्रतिशत दूर्घटना भएको र इन रुट उडानमा दूर्घटना जोखिम उच्च रहेको जनाएको छ । ४८ प्रतिशत मृत्यूदर इन रुट उडानका क्रममा दूर्घटनामा परेर हुने गरेको प्रतिवेदनले भनेको छ । साथै उडानको क्रम (टेक अफ) मा २ प्रतिशत दूर्घटना भएको र पछिल्लो १० वर्ष अवतरण(ल्यान्ड)मा भने कुनै पनि दूर्घटना भएको छैन ।
पछिल्लो समय आइकाओलगायत हवाई उडानसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको समन्वय र सहकार्यका कारण पनि नेपालको उडान सुरक्षास्तरदर वृद्धि भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । “क्रमश विमान दूर्घटनाको दरमा कम भएको छ, मानवीय दूर्घटना अझ कम हँुदैं गएको अवस्था छ । पछिल्लो समय नेपालमा उडान वा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर (रन–वे एक्सकर्सन) हुने दूर्घटना बढेर गएको छ,” उनले भने, “यसरी भएको दूर्घटनामा मानवीय क्षति भने नहुने गरेको अवस्था छ ।”
प्रतिवेदनले विमान दूर्घटना दर र मानवीय दूर्घटना कम भएको जनाएको छ भने हेलिकप्टर दूर्घटना भने बढेर गएको देखाएको छ । पछिल्ला तीन वर्षमा हवाई दूर्घटना दर औषतमा वर्षमा एक दूर्घटना र सात जनाको निधन हुने गरेको छ । हेलिकप्टरमा भने सेप्टिको अनुशरणकम गर्ने प्रचलनका कारण पनि दूर्घटना बढेर गएको महानिर्देशक पोखरेलको भनाई छ । उनले भने, “पाइलट नै विमान सञ्चालक हुनु र नाफा नोक्सान हेरेर बलपूर्वक उडान अवतरण गर्ने प्रवृत्तिका कारण पनि हेलिकप्टर दूर्घटना बढेर गएको हो । पछिल्लो समय प्रविधिको प्रयोग बढ्दो सचेतना र सजकताले पनि समग्रमा नेपालको हवाई सुरक्षामा सुधार हुँदै गएको छ ।”
प्रतिवेदनले नेपालको भौगोलिक व्यवस्थाका कारण हेलिप्टर उडान संख्या बढिरहेकाले गर्दा हेलिकप्टर दूर्घटनामा वृद्धि भएको जनाएको छ । नेपालमा हवाई दूर्घटना हुने मुख्य चुनौतीका रुपमा पहाडी भेगको उडानमा साना १९ सिटे विमानको प्रयोगको बाध्यता, कठिन भूगोल, मौसमी अवस्था, छोटो धानवमार्ग जस्ता कारण रहेको प्रतिवेदमा उल्लेख छ ।
उडान भर्ने वायुयान कम्पनी र उडानसँग सम्बन्धित निकायबाट प्राप्त तथ्य तथ्याङ्कको प्राधिकरणले विश्लेषण गरि प्रतिवेदन तयार गरेको हो । प्राधिकरणले यस्तो तथ्य तथ्याङक म्यान्डेटोरी अकरेन्स रिपोर्ट (एमओर) तोकिएको कानूनवमोजिम प्राप्त तथ्याङक र भोलेन्टरी इन्फरमेसन रिपोर्ट (भीआइआर) स्वच्छिक रुपमा प्राप्त तथ्याङ्कको आधार कुन उडान, कुन क्षेत्रमा, कति सुरक्षा जोखिम रहेको प्रतिवेदनले औलाएको छ ।

प्रतिक्रिया दिनुहोस्