महासंघ कोषाध्यक्षमा हिराचन निर्वाचित «

महासंघ कोषाध्यक्षमा हिराचन निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । हिराचन निर्वाचित भइसकेपछि अब महासंघको पदाधिकारी समिति पूर्ण बनेको छ । महासंघमा तीन कार्यकाल कार्यकारिणी समितिमा रहेर काम गरेको व्यक्ति महासंघको विधानतः कोषाध्यक्ष बन्न पाउने व्यवस्था छ । यही व्यवस्थाअनुसार महासंघमा कोषाध्यक्ष बन्न सुकुन्तलाल हिराचन र डिबी बस्नेत इच्छुक देखिए । सहमति हुन नसकेपछि बस्नेत र हिराचनबीच सोमबार मतमार्फत छनोट गर्ने पद्धति अवलम्वन गरियो । निर्वाचनमार्फत ४० मत ल्याइ हिराचन कोषध्यक्षमा निर्वाचत भए । निर्वाचित भएसँगै कोषाध्यक्ष हिराचनले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । हिराचन नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष पनि हुन् । यस्तै, नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका विशिष्ट सदस्य चयन भएका छन् । महासंघको आइतबार साँझ बसेको पहिलो बैठकले मुरारकालाई विशिष्ट सदस्यमा चयन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्