हवाई यात्रुको चाप चाडोमा २०२४ सम्ममा महामारी पूर्वको अवस्थामा नफर्कने आयटाको चेतावनी «

हवाई यात्रुको चाप चाडोमा २०२४ सम्ममा महामारी पूर्वको अवस्थामा नफर्कने आयटाको चेतावनी

जेनेभा-कोभिड संकटले यो वर्ष विश्वव्यापी विमान सेवा उद्योग टिक्नका लागिनै संघर्ष गर्नुपर्ने भएको अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा) ले चेतावनी दिएको छ । आगामी वर्ष पनि यो उद्योगको घाटामा निरन्तरता आउने छ ।
“यो संकट विनासरकारी र कठोर हुनेछ । विमान सेवाहरले खर्च ४५.८ प्रतिशतले कटौती गरेका छन् । आम्दानी पनि ६०.९ प्रतिशतले घटेको छ । यसले विमान सेवाहरुले यो वर्ष ओसारिएका प्रति यात्रुबाट ६६ डलर घाटा बेहोर्ने र कुलमा ११८.५ अर्ब डलरको घाटा हुनेछ ।
यद्यपि यो घाटा २०२१ मा गएर ८० अर्ब डलरले घट्नेछ । तर आगामी वर्ष पनि ३८.७ अर्ब डलरको घाटा हुने भएकाले खुसी मान्न नसकिने आयटाका महानिर्देशक र सीईओ अलेक्जेन्डर डी जुनियाकले बताए ।
“सीमाहरु क्वारेन्टाइनबिना सुरक्षित रुपमा खुला भएको हामी चाहन्छौ । यसले मानिसहरु पुनः यात्रा गर्नका लागि सक्षम हुनेछन् । र विमान सेवाहरुले कम्तीमा पनि २०२१ को चौथो त्रैमासससम्ममा नगद प्राप्त गर्नका लागि सक्षम हुने अपेक्षा गरिएको छ । त्यतीबेला घाटा हुनेछैन्,” उनले थपे ।
आयटाका अनुसार आम्दानीमा हुने ५ खर्ब डलरको गिरावटको समयमा विमान सेवाहरुले खर्च ३६५ अर्ब डलरले कटौती गरेको आयटाले जनाएको छ ।
“इतिहासको पन्नामा २०२० को वर्ष यो उद्योग सर्वाधिक खराब आर्थिक वर्षको रुपमा रहने छ । २०२० को अवधिमा विमान सेवाहरुले प्रति दिन औसत १ अर्ब डलरले खर्च कटौती गरेका छन् र अझैपनि असाधारण घाटा हुने देखिन्छ । विश्वका सरकारहरुले १७३ अर्ब डलरको आर्थिक सहयोग नगरको भए हामीले विशाल घाटा बेहोर्ने थियौ,” जुनियाकाले बताए ।
२०२० को तुलनामा २०२१ मा उद्योगले सुधारिएको भूमिका देख्ने छ । यद्यपि सुधार लम्बिने र कठिन हुने अनुमान गरिएको छ । तर, यात्रुको चाप चाडोमा २०२४ सम्ममा २०१९ को तहमा फर्कने अपेक्षा नगरिएको आयटाले जनाएको छ । यो अवधिमा अन्तर्राष्ट्रिय यात्राको तुलनामा आन्तरिक बजारमा भने सुधार आउने छ ।
“यो संकटको आर्थिक क्षती कठोर खालको छ । सरकारी सहयोगले विमान सेवा कम्पनीहरुलाई जोगाएको छ । संकट हामीले सोचे भन्दा लामो हुने भएकाले सरकारी सहयोग अझै आवश्यक देखिन्छ । तर, यो पहिलेनै ६५१ अर्ब डलरमा पुगेको उच्च ऋणको भार ननाघ्नेगरी आउनुपर्छ,” जुनियाकको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्