खुकुरी रम लण्डन स्पिरिट प्रतियोगितामा पुरस्कृत «

खुकुरी रम लण्डन स्पिरिट प्रतियोगितामा पुरस्कृत

नेपाली ब्रान्ड पनि विदेशमा चर्चित हुन थालेका छन् । नेपाल डिष्टिलरी प्रालिको आइकोनिक ओक रम खुकुरी रम यस वर्ष लण्डन स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेर आफ्नो उपलब्धिको अध्यायमा एक अर्को कोसेढुँगा थपेको कम्पनीको भनाइ छ । रमको लागि विश्वकै सबैभन्दा ठूलो बजार मानिएको संयुक्त राज्य अमेरिकामा यसलाई उपलब्ध गराउनु पनि यो वर्षको उल्लेखनीय सफलता रहेको कम्पनीको दावी छ । वेभरेज ट्रेड नेटवर्कद्वारा प्रदत्त यो अन्तर्राष्ट्रिय मान्यताले गर्दा अकस्मात प्राप्त खुशीले हालको महामारीले उत्पन्न गरेको मन्दी चरणको दौरानमा पनि राष्ट्रमा सफलता प्राप्त हुँदा आनन्दित तुल्याएको कम्पनीले जनाएको छ ।
“खुकुरीले आफ्नो उत्पादनको समयदेखि नै विश्व बजारमा आफ्नो उपस्थितिको झण्डा गाड्न भरमग्दूर प्रयास गर्दै आइरहेको छ” नेपाल डिष्टिलरीजका महा–प्रबन्धक सुभाष लामिछाने भने, “खुकुरी रम हाल विश्वका १३ देशहरुमा उपलब्ध छ र यो संख्या अझ बढाउने लक्ष्यकासाथ काम भैरहेको छ । हामी चाँडै नै संयुक्त राज्य अमेरिकामा पुनः प्रवेश गर्दैछौं ।
खुकुरी रम यो गर्व सबै देशबासीहरुसँग साझा गर्दछ र अहिलेको परिस्थिति, जुन सबैका लागि चुनौतीपूर्ण छ, जसबाट खुकुरी रम पनि अछुतो छैन भनें जसले गर्दा सबैको व्यवसाय र आम्दानी पनि प्रभावित बनेको छ, यस्तो समयमा हौसला जगाउन र साहस उच्च बनाई राख्न, हामी नेपालीहरुलाई गौरवान्वीत महसुस गराउने कारणका बारेमा हामी क्रमशः बताउँदै जानेछौं । तपाईंले आउँदा दिनहरुमा गर्वको साथ नेपाली अन्तर्गत धेरै कथाहरु देख्नु हुनेछ ।
खुकुरी रम नेपालको अत्यन्त रुचाइएको प्रशाीसत ब्राण्डहरुमध्येको एक हो, यसको गुणस्तर उही उस्तै सर्वश्रेष्ठ रहँदै आएको छ र योसँग इतिहास अनि संस्कार, संस्कृति जोडिएको छ । नेपाल डिष्टिलरीज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो । खुकुरी रम ब्राण्डले सन् १९५९ देखि नै बजारमा आफ्नो आधिपत्य कायम गर्दै आएको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्