तमोरमा -याफ्टिङ सञ्चालन गर्न तयारी पूरा «

तमोरमा -याफ्टिङ सञ्चालन गर्न तयारी पूरा

धनकुटा-तमोर नदीमा -याफ्टिङ सञ्चालनको तयारी पूरा भएको छ ।
कोरोना भाइसरका कारण अस्तव्यस्त बनेको पर्यटन क्षेत्र सरकारले स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याउने निर्णय गरेसँंगै पूर्वी पहाडी जिल्ला भएर बग्ने तमोर नदीमा जलयात्रा (-याफ्टिङ) सुरु गर्ने तयारी -याफ्टिङ सञ्चालकहरूले तयारी पूरा गरेको बताएका छन् । तमोर नदीमा मंसिरबाट सुरु भएको जलयात्रा वैशाख महिनासम्म चल्छ । -याफ्टिङ संचालनको आवश्यक तयारी पूरा गरी सकिएको र -याफ्टिङका लागि बुकिङ आएलगतै -याफ्टिङ सुरु गरिने सेतु-याफ्टिङ एड्भ्यान्चरका सञ्चालक सेतुले जानकारी दिए । अघिल्ला वर्षमा नेपालका विभिन्न जिल्लासहित सार्क राष्ट्र र तेस्रो मुलुकका पर्यटकसमेत -याफ्टिङ गर्नका लागि तमोर नदीमा आउने गरेको व्यवसायीहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्