संरक्षण क्षेत्र विस्तार रोक्न माग «

संरक्षण क्षेत्र विस्तार रोक्न माग


सामुदायिक वन उपभोक्ता महासंघले संरक्षण क्षेत्र विस्तार रोक्न माग गरेको छ । संरक्षित क्षेत्र घोषणा गर्दा उपभोक्ताको वन पैदावार उपभोग गर्ने अधिकार खोसिएको भन्दै विस्तार रोक्न फेकोफनले माग गरेको हो ।
डाल्पा, जुला, हुम्ला, ललितपुरको गोदावारी, डडेधुरालगायतका जिल्लाहरुमा संरक्षित क्षेत्र घोषणा गर्ने प्रस्तावमा छलफल भइरहको छ । सामुदायिक वनले संरक्षण गरीरहेको क्षेत्रमा संरक्षण क्षेत्र विस्तार भए आन्दोलनमा उत्रने समेत फेकोफनले चेतावनी दिएको छ । सरकारले संरक्षण क्षेत्र विस्तार गरेर सामुदायिक वनको अधिकार खोस्न लागिरहेको भन्दै तत्काल रोक्न फोकोफनको माग छ ।
पmेकोफनकी अध्यक्ष भारती पाठकले नेपालमा अब संरक्षित क्षेत्र घोषणा गर्न आवश्यक नभएको भन्दै सरकारले संरक्षण क्षेत्र घोषणा गरे आन्दोलन गर्ने चेतावनी दिएकी छिन् । “समुदायको नेतृत्वमा नै संरक्षण भएको छ, समुदायले नै मिहिनेत गरेर हरियो डाडाँहरुलाई हरियाली बनाएको छ, आफूले हुर्काएको वनमा समुदायलाई वन पैदावार उपभोगमा रोक लगाइँदै छ,” उनले भनिन्, “संरक्षण क्षेत्र घोषणा भएपछि त मानिसलाई छिर्न पनि दिँदैन, अलिअलि बाघ भालु देखिन थाल्यो भन्दैमा यसलाई संरक्षण क्षेत्र विस्तार गर्नुपर्छ भनेर व्याख्या गर्नु गलत हो, अन्तर्राष्ट्रिय मापदण्डभन्दा संरक्षण क्षेत्र बढी भयो, नेपालमा अझै घोषणा गर्न खोजिनु जायज हुन्छ र ?”
बफरजोनभित्र नै त्यहाँका सर्वसाधरणलाई गाह्रो भइरहेको भन्दै अध्यक्ष पाठकले सहज कानुनी व्यवस्था बनाउनुको सट्टा सरकारले अझै कडा गर्दै समुदायको अधिकार खोसिरहेको बताइन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षित विभागका महानिर्देशक डा. पेमनारायण कँडेलले संरक्षित क्षेत्र घोषणा गर्ने विषयमा कुनै पनि छलफल नभएको बताए । “अहिले लङटाङ राष्ट्रिय निकुञ्ज टुक्राउने विषयमा चाँही छलफल भइरहेको हो, तर निकुञ्ज विस्तार गर्ने तयारी छैन,” उनले भने ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत १२ राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ सिकार आरक्ष, ६ सरंक्षण क्षत्रे तथा १३ मध्यवर्ती क्षेत्र घाषणा भइ व्यवस्थापकीय कार्यहरु सञ्चालन गर्दै आएका छन् । ६ वटा संरक्षण क्षेत्रमध्ये ३ वटा राष्ट्रिय प्रकृति संरक्षण कोषले २ वटा नेपाल सरकारले १ वटा स्थानीय बासिन्दाले नै संरक्षण र व्यवस्थापन गर्दै आएका छन् । यस विभागअन्तर्गत उल्लेखित संरक्षित क्षेत्रहरुले २०७२ सालसम्म नेपालको कूल क्षेत्रफलको २३.३९ प्रतिशत भू–भाग ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्