१०६ वर्ष पहिले मेक्सिकोमा १ घन्टाभित्र तीन राष्ट्रपति चुनिएका थिए «

१०६ वर्ष पहिले मेक्सिकोमा १ घन्टाभित्र तीन राष्ट्रपति चुनिएका थिए

मेक्सिको सिटी-इतिहासमा यस किसिमका घटना पनि भएका छन्, जसको बारेमा थाहा पाएर तपाई हामीलाई आश्चर्य लाग्छ । एक यस्तै घटना उत्तर अमेरिकी मुलुक मेक्सिकोमा भएको थियो । जहाँ १०६ वर्ष पहिले १ घन्टाको अवधिमै तीन राष्ट्रपति चुनिएका थिए । यो विश्वकै १४ औं ठूलो देश हो ।
१९१३ को फेब्रुअरी १९ मा यो घटना भएको थियो । उक्त समयमा राष्ट्रपतिको रुपमा फ्रान्सिस्को आई म्याडोरा थिए । उनलाई राष्ट्रपति पदबाट हटाएको १ घन्टा पनि नबित्दै पेड्रो लस्कुरिन राष्ट्रपति भएका थिए । तर, उनले पनि यसको केही मिनेटमै राजीनामा दिए र उनीपछि भिक्टोरियानो हुएर्टा राष्ट्रपति बने । पेड्रो लस्कुरिन केवल २६ मिनेटका लागि राष्ट्रपति भएका थिए । यो एक विश्व रेकर्ड हो ।

प्रतिक्रिया दिनुहोस्