अन्तरिक्ष सफाइका लागि पहिलो पटक अभियान चलाउदै स्वीस कम्पनी «

अन्तरिक्ष सफाइका लागि पहिलो पटक अभियान चलाउदै स्वीस कम्पनी

बर्न-एक स्वीस कम्पनीले पहिलो पटक अन्तरिक्षमा सफाइ अभियान चलाउने भएको छ । युरोपेली स्पेस एजेन्सीका अनुसार उसले स्वीस स्टार्टअपसँगै काम गर्ने छ । यसका लागि ८.६ करोड यूरोको सम्झौतामा हस्ताक्षर हुने भएको छ । स्वीस कम्पनीको बाँकिको खर्च कारोबारी लगानीकर्ताबाट प्राप्त हुने छ ।
क्लियरस्पेस नामक कम्पनीले २०२५ मा यसका लागि एक विशेष स्याटेलाईट अन्तरिक्षमा पठाउने भएको छ । यसले पृथ्वीको कक्षमा घुमिरहेका स–साना टुक्राहरुलाई जम्मा गर्नेछ । यस किसिमका फोहोरहरुले पृथ्वीको चक्कर लगाइरहेका छन् ।
अन्तरिक्षको सफाईको पहिलो मिसन क्लियरस्पेस–१ अन्तरिक्षमा रहेको ११२ किलोको एक बेकारको रकेटको टुक्रा फेला पार्नु हुनेछ । रकेटको यो टुक्रालाई भेस्पा भनिन्छ । यसपछि धेरै कठिन काम भनेको अन्य फोहोर सफा गर्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्