लिंगमा आधारित हिंसाविरूद्ध १६ दिने सक्रियता अभियान सुरु «

लिंगमा आधारित हिंसाविरूद्ध १६ दिने सक्रियता अभियान सुरु

लिंगमा आधारित हिंसा २०२० विरुद्ध १६ दिने सक्रियताका मनाउँदै जोन्टा क्लब काठमाडौंले दुवै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलामा हुने हिंसा अन्त्य गर्न जनचेतना जगाउने अभियान शुरु गरेको छ ।
यस अभियानका लागि जोन्टा क्लब काठमाडौंले नेपाल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज (एफएनसीसीआई), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), माइग्रेसनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) र पौरखी नेपाल, कुमारी बैंक लिमिटेड र रोयल थाई दूतावास नेपालसँग सहकार्य गरेको छ ।
अभियानको नारा हिंसा र उत्पीडनबाट मुक्त कार्यको विश्व : एक अधिकार र एक दायित्व रहेको छ । महिला र बालबालिका विरुद्ध हुने हिंसाले मानवअधिकारको गम्भीर उल्लंघन भएकोले प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसा अभियान विरुद्ध १६ दिनसम्म विश्वव्यापी महिला र केटीहरूमाथि हुने हिंसा रोक्न प्रेरित गरिन्छ ।
महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले जोन्टा क्लब काठमाडौंले आयोजना गरेको भर्चुअल उद्घाटन कार्यक्रमको क्रममा यस अभियानको शुरु गरेका छन् । कार्यक्रमका मुख्य अतिथि माननीय मन्त्रीले यस महत्वपूर्ण मुद्दामा सचेतना जगाउन साझेदार गर्न लागेका संस्थाहरूको प्रशंसा गरेका थिए । कार्यक्रममा जोन्टा क्लब काठमाडौंकी अध्यक्ष, सीमा गोल्छा, एफएनसीसीआईकी अध्यक्ष भवानी राणा, डा. रिचार्ड होवार्ड, निर्देशक, आईएलओ नेपाल कन्ट्री अफिस, लोरेना ल्यान्डो, चीफ अफ मिशन, आईओएम नेपाल, मञ्जु गुरुङ, सह—संस्थापक र रणनीतिक सल्लाहकार, पौरखी नेपाल र नीलिमा श्रेष्ठ, अध्यक्ष, भीएडब्लू समिति, जोन्टा क्लब काठमाडौं रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्