तेल लुटेराहरु अमेरिकी जल क्षेत्र नजिक «

तेल लुटेराहरु अमेरिकी जल क्षेत्र नजिक

वासिङटन-गत वर्ष तेलको मूल्य २५ वर्षकै न्यून विन्दुमा पुगेपनि तेल लुटेराहरुको गतिविधि पुनः सुरु हुन थालेको छ । यो वर्ष तेल लुटेराहरु आफ्नो गतिविधिका साथ फर्किएका छन् । उनीहरु अमेरिकी जल क्षेत्र नजिकै आइपुगेका छन् ।
डकैती उर्जा उद्योगमा वर्षौ पुरानो समस्या हो । यो विशेषगरी पश्चिम अफ्रिका र विश्वका अन्य क्षेत्रमा देखिदै आएको छ । २०२० मा पनि कोभिड–१९ को महामारीको अवस्थामा वृद्धि भएपछि अमेरिकी तटीय क्षेत्रमा डकैती देखिएको छ । यसले तेल उद्योगलाई नयाँ चुनौती थपेको छ । क्षेत्रमा सुस्त गतीमा चल्ने तेल ट्यांकरहरु फिरौती अवसरका लागि डकैतीको सहज निशानामा पर्ने देखिन्छ । यो मेक्सिकोको बे अफ काम्पेचेमा सामान्य देखिन थालेको छ । यो अमेरिकी तेलको ठूलो क्षेत्रको रुपमा रहदै आएको छ । यसले अमेरिकी तेलको १७ प्रतिशत र ५ प्रतिशत प्राकृतिक ग्यासको आपूर्ति गर्दै आएको छ ।
“गल्फ अफ मेक्सिकोमा भएको पछिल्लो आक्रमण अमेरिकी जल क्षेत्र नजिकको नयाँ विकासक्रमको रुपमा देखिएको छ,” टुफ्ट युनिभर्सिटीका म्यारिटाइम स्टडिजका निर्देशक फ्लेचर स्कुलले बताए ।
प्रत्येक वर्ष टेक्सास र लुजियानामा प्रशोधनका लागि गल्फ अफ मेक्सिकोलाई ट्रान्जिट बनाएर यो क्षेत्रबाट सयौ कच्चा तेल बोकेका ट्यांकरहरु जाने गरेका छन् ।
काम्पेचेमा यो वर्ष डकैतीको अवस्था उचाइमै पुगेको थियो । यसले अमेरिकी राज्य विभागलाई डकैती बिरुद्धको चेतावनी गर्न बाध्यनै बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्