Logo

टिकटकलगायत सोसल मिडियाहरूको लोकप्रियता बढ्दै

ढुङ्गे युग पार गर्दै आज २१ औं शताब्दीमा आएर विश्व सञ्चार जगत्मा सञ्चारमाध्यमले एउटा अचम्मको छलाङ मारेको छ । तपाईं–हामीसामु जति पनि परिवर्तन भएका छन्, सञ्चारका माध्यमबाटै भएका छन् । सिर्जित भएका छन् भने परिवर्तन पनि उत्तिकै मात्रामा भएका छन् । जसमध्ये राजनीतिक परिवर्तन, सामाजिक परिवर्तन, धार्मिक परिवर्तन तथा मूल्य–मान्यतामा हुने परिर्वतनलगायत सञ्चारका माध्यमबाटै भएका हुन् भन्ने ठानिन्छ ।
सञ्चारका साधनभित्र पनि अनेकौं हाँगाबिगा छन् । सोसल साइटहरू छन् । यी हाँगाबिँगाबाट नै विश्व मानचित्रको अवधारणा विकसित भएको छ, आर्थिक उन्नति भएको छ, सामाजिक विकास भएको छ । एउटा ढुङ्गे युगको अन्त्यसमेत भएको छ । धेरै सञ्चारका साधनमध्ये अहिलेको वर्तमान परिस्थितिमा अत्यन्तै लोकप्रियता कमाउन सफल सञ्चारको साधनअन्तर्गत पर्ने एउटा एप हो— ‘टिकटक’ । यो एप आज विश्वको हरेक कुनामा लोकप्रिय भएको छ भने फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्रामलगायत धेरै सोसल साइटहरू पनि उत्तिकै लोकपिय छन् ।
कुनै–कुनै देशमा त टिकटक प्रतिबन्ध पनि भएको छ । प्रतिबन्ध हुनेमा चाइना प्रमुख रहेको छ भने पछिल्लो चरणमा आएर भारतमा पनि यो प्रतिबन्धित भएको छ । वास्तवमा भन्ने हो भने धेरैभन्दा धेरै ठाउँमा मनोरञ्जनको साधन टिकटक लोकप्रिय भएको छ । कुनै गीत तथा कार्यक्रमको ढाँचालाई नक्कल गरी सोहीअनुसारको दुरुस्त नक्कल गरेर करिब १४ सेकेन्डको अवधिमा भिडियो बनाई मनोरञ्जन गर्ने छोटो अवधिको सञ्चारको साधन नै टिकटक हो । आममानिसभित्र लुकेर बसेको प्रतिभालाई समेत कलाकारितामार्फत देखाउने गरिन्छ भने यो कला देखाउने अवसर पनि हो ।
पछिल्लो चरणमा आमजनमानसमा यसको लोकप्रियता बढेको छ । केटाकेटी, युवापिँढीलगायत सबैमा टिकटक लोकप्रिय बनेको छ । तर, मलाई के आश्चर्य लाग्छ भने कोरोना भाइरसका कारण विश्व नै स्तब्ध भएका बेला हाम्रो मुलुुकमा पनि यसको प्रत्यक्ष प्रभाव प¥यो । गत चैत ११ गतेबाट मुलुकमा कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण करिब चार महिनाजति आममानिसहरू घरभित्रै बस्न बाध्य भए । सो समयमा मानिसहरूको मानसिकतालाई चलायमान राख्नका लागि भरपुर मनोरञ्जन गर्न सबैका सामु टिकटकलगायतका सोसल मिडियाहरू लोकप्रिय भइदिए । यसै टिकटक तथा सोसल मिडियाको माध्यमबाट धेरै मानिस लोकप्रिय समेत भएका छन् । लोकप्रियतासँगै अवसरहरू पनि उत्तिकै पाएका छन् । टिकटकको माध्यमबाट लोकप्रिय हुने केही सेलिब्रेटीहरूमा सुधीर श्रेष्ठ, श्रीया, समारिका ढकाल, स्मारिका ढकाल, रमा चापागाईं, रन्जना घिमिरे, अर्जुन घिमिरे, केशव भण्डारी, समीक्षा बस्नेत, रन्जिता गिरी, सिर्जना घिमिरेलगायत छन् भने नेपालका चर्चित लोकसांगीतिक क्षेत्रमा हास्यव्यङ्ग्यमा लोकप्रियता कमाउन सफल भएका आदरणीय व्यक्तित्वहरू पनि टिकटकमा आएका छन् । जस्तै— धुर्मुस र कुञ्जनाको जोडी, बल्छी धुर्वे, नायक महानायकहरूदेखि कलाकार, पत्रकारलगायत सबै जना टिकटकमा रमाउन चाहेको देख्न सकिन्छ । विश्वभरिमा अनगिन्ती मानिसहरू टिकटक तथा सोसल साइटबाट सेलीब्रेटी भएका छन् । त्यसैले हाम्रो मुलुकमा मात्र नभएर यसको लोकप्रियता विश्वभरि नै छरिएर गइसकेको छ । त्यस्तै सामाजिक सञ्जाल, इन्स्टाग्राम, भाइबर, ह्वाट्स एप, युट्युबलगायत धेरैभन्दा धेरै सञ्चारका एपहरूले विश्वको अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव पारेको छ भने यी सोसल साइटहरूले अत्यधिक मात्रामा इन्टरनेटको समेत खपत भएको छ । आर्थिक रूपान्तरणको लागि यो एउटा खुसीको कुरा पनि हो ।

प्रतिक्रिया दिनुहोस्