पथलैयामा ट्रमा अस्पताल निर्माण थालिने «

पथलैयामा ट्रमा अस्पताल निर्माण थालिने

बारा– प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश स्तरीय ट्रमा अस्पताल संचालन गर्न लागिएको बाराको पथलैयास्थित तालिम केन्द्रको खाली भवन अवलोकन गरेका छन् ।
प्रदेश दुई सरकारले नीति तथा कार्यक्रम अन्तर्गत बाराको पथलैयामा ट्रमा अस्पताल संचालन गर्न मंसिर १५ गते शिल्यान्याससँगै काम अघि बढाउन मुख्यमन्त्री राउतले अवलोकन गरेका हुन् । प्रदेश दुई सरकारले बाराको झिटकैयामा सरुवा रोग अस्पताल र पथलैयामा ट्रमा अस्पताल संचालन गर्ने प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । अस्पतालको लागि प्रदेश सरकारले दुई करोड रकम विनियोजन गरेको छ ।
संघीय तथा प्रदेश सांसद र स्थानीय बासिन्दाहरुको उपस्थितिमा मुख्यमन्त्री राउतले बाराको पथलैया ट्रमा अस्पतालका लागि उपयुक्त स्थान भएकोले संघीय सरकारको समन्वयमा नमुना अस्पताल बनाउन बजेटको व्यवस्था गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्