रोजगारी सिर्जना गर्ने उद्योग स्थापनामा केन्द्रित हुनुपर्छ «

रोजगारी सिर्जना गर्ने उद्योग स्थापनामा केन्द्रित हुनुपर्छ

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा बिहीबारबाट सुरु भएको छ भने निर्वाचन शनिबार (भोलि) हुँदैछ । महासंघको निर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराइसकेका छन् । उम्मेदवारहरूले व्यवसाय विकासका लागि प्रदेशमै अन्तर्राष्ट्रिय व्यापारिक नाका, सुक्खा बन्दरगाह, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, व्यवसायको कर छुट, बैंक तथा वित्तीय संस्थाबाट व्यवसाय गर्न लिएको ऋणको व्याज दर घटाउन, राज्यले बनाउने नीति व्यवसायमैत्री बनाउन, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई राहत दिलाउन, भन्सार, वाणिज्य, घरेलु तथा साना उद्योगलगायतका कार्यालयमा हुने झमेला समाधान गराउन पहल गर्नेलगायतका एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी व्यवसायीका हकहित संरक्षण गर्ने, व्यवसायीको कर, व्याज, भन्सार, दर्ता नवीकरणलगायतका समस्या समाधान गर्ने, कोरोनाका कारण मारमा परेका व्यवसायीलाई सरकारबाट राहत दिलाउन पहल गर्ने, पर्यटन उद्योगको विकास गर्न सरकारसँंग पहल गर्नेलगायतका एजेण्डा पनि उनीहरूको छ । यसै सन्दर्भमा उम्मेदवारहरूसँग कारोबारकर्मीले गरेको कुराकानीको सारः

व्यवसायीका समस्या समाधान गर्न तत्पर छु
पुष्पराज कुँवर
केन्द्रीय सदस्यका उम्मेदवार

उद्योग वाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघतिर जेजति गर्नु पथ्र्यो त्यो गर्न सकेको छैन । कैलाली उद्योग वाणिज्य संघ सुदूरपश्चिमकै अग्रणी संस्था भएको र नौवटै जिल्ला योसंँग जोडिएको हुनाले यसबाट साना तथा मझौला व्यवसायीले धेरै ठूलो आश गरेका हुन्छन् । यसअघि पनि धेरैजना केन्द्रीय सदस्य भए । व्यवसायीको समस्यालाई लिएर धेरै काम पनि गरेका छन् । तर अझै धेरै गर्नुपर्ने देखिएको छ । व्यवसायीहरूको थुप्रै समस्या छन् । करका केही नीति परिवर्तन, भन्सार मूल्यांकन परिवर्तन, घरेलु तथा साना उद्योग कार्यालय तथा वाणिज्य कार्यालयमा हुने कुरालगायतमा राज्यले नयाँ नीति ल्याउँदा एकलौटी ढंगले ल्याइरहेको हुन्छ । यस्तो कुरामा महासंघसंँग समन्वय गरेर समाधान गर्न प्रयत्न पहिलेदेखि नै गर्दै आएको छु । केन्द्रीय सदस्य भएर जिल्ला नगरका समग्र समस्या उजागर गरेरसमेत समाधानमा पहल गर्ने योजनाका साथ उम्मेदवारी दिएको छु । व्यवसायी भनेका ठूलो व्यवसायी मात्रै होइनन् । साना तथा मझौला व्यवसायी पनि व्यवसायी हुन् । उहाँहरूको समस्या समाधान गर्न लाग्नु पर्छ । यो नै हाम्रो मुख्य एजेण्डा हो । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको व्याज र सेवासुविधाको कुरा छ । यी कुरा पनि हामीले उठाएका छौं । एकलौटी किसिमले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण छ । महासंघमा गएर सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाहरूले लिने व्याजदरको विषयमा पनि महासंघमा मैले कुरा उठाउने छु । व्याजको दररेट घटाउने, सेवा सुविधाको विषयमा आवाज उठाउने कुरा पनि मेरो प्राथमिकतामा छ । सुदूरपश्चिमले भोग्नु परेको सबैभन्दा ठूलो समस्या हामीसँंग अन्तर्राष्ट्रियस्तरको नाका छैन । अन्तर्राष्ट्रियस्तरको नाका बनाउन पहल गर्नेछु । सुक्खा बन्दरगाह, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र बनाउन दबाब सिर्जना गर्ने कुरामा पनि जोड दिएका छौं । राज्यको नीति नभएकाले सुदूरपश्चिममा ठूलो औद्योगिक प्रतिष्ठान आउन सकेका छैनन् । यसका लागि बिजुलीमा छुट गर्ने, करमा छुट गर्ने कुराका लागि हामीले पहल गर्ने छौं ।
व्यवसायीहरूले करको दर, भन्सार मूल्यांकन अहिले झेलिरहेको मुख्य समस्या हो । माथिबाटै एकरूपता नभएको हुनाले भन्सार बिन्दुमा एकमुष्ट हिसाबले आउने, यहाँ आएर हिसाब नमिलेपछि अनुगमन गर्ने क्रममा अनावश्यक दुःख दिने, वाणिज्य कार्यालयहरूले अनुगमनको नाममा अनावश्यक दण्डजरिवाना गर्ने गरेका छन् । यस्तो विषयमा पनि व्यवसायीलाई राहत हुने कुरामा म लाग्ने छु ।
सुदूरपश्चिममा उद्योगधन्दाको विकासका लागि राज्यले औद्योगिक क्षेत्र घोषणा गर्नुप-यो । राज्यले बिजुली, पानीलगायत उद्योगलाई चाहिने सम्पूर्ण पूर्वाधारको व्यवस्था गर्नु प-यो । अनिमात्रै यहाँ लगानीकर्ता आउन तत्पर हुन्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट लगानी आउने वातावरण नै छैन । यहाँ औद्यागिक क्षेत्र भएको भए कोभिडको बेला उद्योगहरूले आफ्ना मजदुरलाई भित्रै राख्न सक्थे र राज्यले पनि दिनसक्ने छुटहरू दिन सक्थ्यो । औद्योगिक क्षेत्र नभएको हुनाले उद्योग खोल्न जमिन नै नपाउने अवस्था छ । जमिन किन्न पर्ने भएकाले उद्योगमा लगानी गर्ने पैसा सबै जमिनमै खर्च हुने अवस्था छ । एक कठ्ठाको पचासौं लाख जमिनै पर्छ । मेनुफेक्चरमा भन्दा जमिनमै बढी पैसा लगाउनु पर्ने भएपछि लगानीकर्ता डराएको अवस्था छ । यो वातावरण राज्यले बनाइदिएपछि लगानीकर्ताहरू आउन सक्छन् ।
कोभिडका कारण होटल, पर्यटन, यातायात व्यवसायी सबैभन्दा बढी मारमा छन् । हामीले विगतमा पनि महासंघमार्फत् सरकारसँंग र प्रशासनसँंग पहल गरेर केही सहज बनाउने काम ग¥यौं । कोभिडको बेला वैदेशिक रोजगारीबाट फर्किएका युवालाई समेत हामीले रोक्न सकेका छैनौं । व्यवसाय गर्न राज्यले केही छुट दिएको भए दिनानुदिन बाहिर जाने युवाले यतै व्यवसायमा लाग्न सक्थे ।
प्रस्तुति : मुकेश चौधरी

निजी क्षेत्रले साझा एजेण्डा लिएर समस्या समाधान गर्न सरकारसंँग पहल गर्नुपर्छ
देवबहादुर रोकाया
केन्द्रीय सदस्यका उम्मेदवार

सबैजना साझा तरिकाले अगाडि जानसक्ने वातावरण कसरी बनाउने भन्नेमा मेरो जोड छ । तराई पहाड र साना ठूला उद्यमीले सबैले साझा एजेण्डा बोकेर जाने खालको वातावरण बनाउनका लागि मेरो उम्मेदवारी हो, कसैको विरुद्ध मेरो होइन । कसैले कम ग¥यो, कसैले बढी ग¥यो भन्ने पनि होइन । मेरो व्यक्तिगत उम्मेदवारी पनि होइन । बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कञ्चनपुर, कैलाली जिल्ला र टीकापुरका साथीहरूसँंग छलफल गरेर साझा एजेण्डा बनाएर उम्मेदवारी दिएको छु । सुदूरपश्चिम प्रदेशका साना तथा मझौला व्यवसाय र ठूला व्यवसाय, कर, वाणिज्य कुरा उठाउने सन्दर्भमा साझा एजेण्डा बनाएका छौं । राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंकले हामी साना तथा मझौला व्यवसायीलाई ब्याजसमेत तिर्न नसकिने अवस्थामा कसरी निकास दिन सक्छन् भन्ने विषयमा पनि हामी कुरा उठाएका छौं । अहिलेको अवस्थामा निजी क्षेत्र आपसमा लडाइँ गर्ने समय होइन । व्यवसायीहरूले आपसमा मिलेर व्यवसायीका समस्या समाधान गर्न सरकारसँग डाइलग गरौं भन्ने हो । मैले कैलालीका अध्यक्ष पुष्पराज कुँवरजीलाई पनि मिलेर जाऔं भनेको छु । उहाँले पनि चुनावका किन जाने मिलेरै जाऔं भन्नु भएको छ । विगतमा केहीले बदमासी गरेका होलान् । सबैले कालोबजारी भन्दै जाँदा साँच्चै कसैले गरेको छ भने छानबिन गरेर कारबाही गरौं । होइन भने सबै व्यवसायीलाई एउटै घानमा राख्नु हुँदैन । हामीले यसको विरुद्ध पनि कुरा राख्ने छौं ।
पहिलो कुरा हामी व्यवसायीको खोजी गर्नमै कमी गरेका छौं । व्यवसाय गर्न सक्नेलाई पनि सहज तरिकाले ऋण उपलब्ध हुन सकेको छैन । हाम्रोमा यातायात पनि सरल बन्न सकेको छैन । धनगढीदेखि बाजुरा, अछाम, बैतडीसम्मको यातायात सरल भयो भनेदेखि यहाँको व्यवसाय फस्टाउँछ । एक ठाउँको विकास भएर मात्रै पनि व्यवसायको विकास हुँदैन । मैले बाजुराको विकास गर्ने मात्रै कुरा गरेभने धनगढीबाट बाजुरा सहज तरिकाले जानसक्ने वातावरण बन्दैन र बाजुरामा व्यवसायको विकास हुन सक्दैन । हामीसंँग प्रशस्त पानी, जंगल, जडिबुटी, खानी छ । त्यसलाई सदुपयोग गर्न सकिएको छैन । यिनीहरूलाई हामीले साझा तरिकाले अगाडि बढाउन हाम्रो पहल रहन्छ ।
कोभिडका कारण व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न सकिरहेका छैनन् । यी विषयमा महासंघले अगाडि नै बोल्नु पथ्र्यो । बोलेन । कोरोनाकै कारण व्यवसायीहरूले करोडौं रुपैयाँको व्याज तिर्न नसकिरहेको अवस्था छ । यो अवस्थामा व्यवसायलाई माथि उठाउनु पर्छ ।
प्रस्तुति : मुकेश चौधरी

महासंघमा सुदूरपश्चिमको प्रतिनिधित्व होस्
परशु चपाईं
केन्द्रीय सदस्यका उम्मेदवार

उद्योग वाणिज्य महासंघमा सुदूरपश्चिमबाट राम्रो प्रतिनिधित्व अहिलेसम्म भएको छैन । महासंघमा सुदूरपश्चिमको राम्रो प्रतिनिधित्व होस् भन्ने हो । जसले गर्दा सुदूरपश्चिममा हामीले औद्योगिक क्षेत्र लिएर ठूलो लगानी भित्र्याउनलाई सहज होस् । ठूला लगानीकर्तालाई सुदूरपश्चिममा ल्याउने मेरो चाहना हो । सुदूरपश्चिमेली व्यवसायीको समस्यालाई केन्द्रसम्म पु-याउनका लागि हामी लागि पर्नेकछौं ।
करको दर पनि बढी छ । बैंक तथा वित्तीय संस्थाहरूले चर्को व्याजमा ऋण दिने गरेका छन् । पछिल्लो समयमा कोरोनाले गर्दा व्यवसायीलाई व्याज र कर तिर्न नै समस्या भइरहेको छ । भन्सारबाट सामान ल्याउन पनि समस्या छ । ठूला भन्सारबाट एकमुष्ट पास गरेर ल्याएको सामानको हिसाब नमिले पनि साना व्यवसायीले अनुगमनको नाममा अनावश्यक दण्ड जरिवानाको भागी हुनुपरेको छ । व्यवसाय दर्ता नवीकरणमा पनि ठूलो झमेला छ । व्यवसाय दर्तामा राज्यबाट विभिन्न अप्ठेरा सिर्जना हुने गरेका छन् । यो समस्या समाधानका लागि महासंघसँंग समन्वय गर्नेछु ।
पूर्वमा जस्तो पश्चिममा उद्योगहरू छैनन् । यहाँ एकदमै न्यून उद्योगहरू छन् । राज्यको नीति लगानीमैत्री नभएकाले पनि सुदूरपश्चिममा ठूला लगानीकर्ताहरू आउन सकेका छैनन् । औद्योगिक क्षेत्र नभएकाले उद्योगधन्दा सञ्चालन गर्ने वातावरण बन्न सकेको छैन । यी समस्या समाधान गर्नका लागि मैले उद्योग वाणिज्य महासंघमा सुदूरपश्चिमको पनि राम्रो उपस्थिति हुन जरुरी देखेको छु ।
हामीसँंग टीकापुर पार्क, घोडाघोडी, खप्तड, शुक्लाफाँटाजस्ता थुप्रै पर्यटकीय ठाउँहरू छन् । पर्यटनसँंगै अन्य उद्योगहरु पनि ल्याउन सकिन्छ । सबैभन्दा ठूलो सम्भावना पर्यटनमै छ ।
प्रस्तुति : मुकेश चौधरी

राष्ट्रिय उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामा जोड दिनुपर्छ
सहनलाल प्रधान
केन्द्रीय सदस्यका उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य रहेको उद्योग वाणिज्य संघ–चितवनको हाल म निवर्तमान अध्यक्ष छु । नेउवामहासंघबाट दर्जनौं पटक सम्मानित उद्योग वाणिज्य संघ–चितवनमा म कार्यसमिति सदस्य, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हँुंदै अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर मिलेको थियो । करिब डेढ दशक लामो समयसम्म संघमा आबद्ध रहँंदा मैले घरेलु, लघु, साना, मझौला उद्योग व्यवसायदेखि ठूला कर्पोरेट व्यावसायिक घरानाका समस्यालाई नजिकबाट नियालेको छु भने समस्या समाधानार्थ आफ्नो क्षमता र योग्यता प्रदर्शन गरेको छु । म आफू एक सञ्चार उद्यमी भएको नाताले पनि कतिपय व्यावसायिक समस्यासँंग दैनिक रूपमा अपडेट हुने गरेको छु ।
मलाई लाग्छ अब राज्य राजनीतिक मुद्दाभन्दा माथि उठेर आर्थिक समृद्धिका लागि संघर्ष गर्ने बेला आएको छ । नेपाल सरकारपछिको सबैभन्दा ठूलो सञ्जाल भएको नेपाल उद्योग वाणिज्य महासंघको गरिमा र प्रतिष्ठालाई उँंचो बनाउँंदै व्यावसायिक समस्यालाई नीति निर्माण तहसम्म पु¥याउँदै नितान्त व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्ने बेला आएको छ । नेपाल प्राकृतिक स्रोत र साधनको प्रचुरता बोकेको राज्य हो तसर्थ स्थानीयस्तरमा उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्दै राष्ट्रिय उत्पादकत्वमा वृद्धि गरिनुपर्दछ । रोजगार सिर्जना गर्ने खालका उद्योग व्यवसाय स्थापना र प्रवद्र्धनमा अबका दिन केन्द्रित हुनुपर्ने आवश्यकता छ यसका लागि निजी क्षेत्र र राज्यबीच सहकार्य गर्नुपर्नेछ । विकासको सार्वजनिक निजी अवधारणा अनुरुप पूर्वाधारको विकास गर्दै आर्थिक समृद्धितर्फ अगाडि बढ्नुपर्ने वर्तमान समयको आवश्यकता हो भन्ने मैले महसुस गरेको छु ।
अर्कोतर्फ हाल कोभिड–१९ का कारण क्षतिग्रस्त भएको निजी क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रलाई पूर्वावस्थामा फर्काउनका लागि ठोस कार्यक्रम तय गर्नुपर्ने अवस्था आएको छ भने असन्तुलित कर, राजस्व, अन्तःशुल्क एवं मूल्य अभिवृद्धि करजस्ता नीतिलाई समयसापेक्ष परिवर्तन एवं परिमार्जन गरिनु पर्दछ । श्रम पलायनले गर्दा आज उत्पादनशील जनशक्ति बाहिरिएको छ भने फर्केको जनशक्तिलाई यथोचित सीप उपलब्ध गराई आर्थिक गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गर्नका लागि निजी क्षेत्रको सहभागिता र प्रतिनिधित्वलाई बलियो बनाउका लागि मैले बागमती प्रदेशतर्फबाट कार्यकारिणि समिति सदस्य पदमा उम्मेदवारी दिएको छु । उद्यमी व्यवसायीको छाता संगठनका रूपमा स्थापित जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अवस्था नाजुक बन्दै गएको छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघको आर्थिक हैसियत वृद्धि गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट हुनसक्ने सहयोग र समन्वयका लागि पनि म क्रियाशील भई मुख्यतः बागमती प्रदेशका उवासंघको क्षमता अभिवृद्धिका लागि मेरो उम्मेदवारी रहेको छ ।
मैले बागमती प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्दैगर्दा यस प्रदेशका १३ वटा जिल्लामा रहेका औद्योगिक विकास, पर्यटकीय विकास, उद्योग व्यवसाय, सीमा व्यापार, निकासी प्रवद्र्धनलगायतका सम्भावनालाई अध्ययन गरी यसको प्रवद्र्धनमा आफ्नो प्रतिनिधित्वलाई प्रयोग गर्नेछु ।
प्रस्तुति : विप्लव काफ्ले

महासंघलाई सरकार र निजी क्षेत्रको पुलको रूपमा स्थापित गरिनुपर्छ
उत्तमलाल चुके
केन्द्रीय सदस्यका उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा म महासंघको संस्थापक सदस्यको तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको छु । संघ आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य भएको नाताले उद्योग वाणिज्य संघ–चितवनले ऐतिहासिक योगदान पु¥याउँंदै आएको छ । म २०६६ देखि २०६८ सालसम्म संघको अध्यक्ष रहंँदा उद्यमी व्यवसायीका समस्या, व्यवसायमैत्री वातावरण सिर्जना गर्नका लागि आवश्यक नीतिगत सुधारका विषयमा सूक्ष्म तवरले हेर्ने मौका पाएको छु । देशका निजी क्षेत्रको धरोहरका रूपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको गरिमा, मान र प्रतिष्ठालाई उंँचो बनाउन सकेमा मात्र निजी क्षेत्र र सरकारबीचको सम्बन्ध स्थापित भई व्यावसायिक क्षेत्रका समस्या सम्बोधन गर्ने वातावरण सिर्जना हुनसक्छ भन्ने यथार्थलाई मैले नजिकबाट नियालेको छु ।
देशको अर्थतन्त्र र ८० प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई राज्यका तर्फबाट हेरिने दृष्टिकोण र गरिने व्यवहारलाई परिमार्जित गरी विकासको सार्वजनिक निजी साझेदारी अवधारणालाई अवलम्बन गर्दै आर्थिक समृद्धिउन्मुख हुनुपर्ने वर्तमान अवस्था छ । कोभिड–१९ कारण विक्षिप्त बनेको औद्योगिक वातावरणलाई पुनर्उत्थान नगरी नहुने भएको छ । यसका लागि महासंघको समन्वयकारी भूमिका अपरिहार्य रहेको मैले महसुस गरेको छु । जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई सवलीकरण गर्दै आय आर्जनका गतिविधि सञ्चालन नगरेमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरू बलिया नहुने अवस्था छ । यसका लागि महासंघमार्फत रचनात्मक कार्यक्रम तय गरी लागू गरिनुपर्ने अवस्था छ । यसका लागि निजी क्षेत्रको तर्फबाट एडभोकेसी, लबिङ गर्ने कार्य गरिनुपर्दछ र नीति निर्माण तहसम्म निजी क्षेत्रको पहँुंच स्थापना गर्नका लागि आफ्नो क्षेत्रबाट सक्दो योगदान पु-याउने छु ।
विश्वव्यापी रूपमा रहेको कोभिड–१९ का कारण कुल गार्हस्थ उत्पादनमा २ खर्बको क्षति भएको छ, झन्डै १६ लाखले रोजगारी गुमाएका छन् भने करिब १२ लाख गरिब थपिएका छन् । यस्तो विषम परिस्थितिमा राज्यको अर्थतन्त्रलाई माथि उकास्नका लागि सरकारी र निजी दुवै क्षेत्रबाट ठोस कार्यक्रम ल्याइनुपर्दछ र आन्तरिक एवं वैदेशिक लगानीलाई आकर्षित गरिनु पर्दछ भन्ने मान्यतालाई स्थापित गर्नका लागि पर्नेछु ।
नेपाल उद्योग वाणिज्य महासंघमा मेरोे आबद्धता वर्षौं पहिलेदेखि रहँंदै आएको छ । २०६२ सालदेखि २०७४ सम्म मेला तथा प्रदर्शनी समिति, ट्रेड स्कुल फोरम, कृषि उद्यम केन्द्र, घरेलु तथा साना उद्योग समितिलगायत करिब आधा दर्जन समितिमा रहेर मैले कार्यसम्पादन गरिसकेको छु भने म उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष रहंँदा नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभाको आयोजना एवं व्यवस्थापन गरेको अनुभवसमेत संकलन गर्ने अवसर प्राप्त भएकोले वर्षौंसम्म मैले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई महासंघमा प्रतिनिधित्व गर्दै लागू गर्न, देशको अर्थतन्त्रलाई मजबुत बनाउनका लागि निजी क्षेत्रको सहभागितालाई सशक्त बनाउन, जिल्ला तथा नगर उवासंघको स्तरोन्नति गर्ने उद्देश्यका साथ मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु ।
प्रस्तुति : विप्लव काफ्ले

जिल्ला–नगरका एजेण्डा राष्ट्रिय एजेण्डा बनाउँछु
बोधनाथ दुवाडी
केन्द्रीय सदस्यका उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा तथा निर्वाचनमा जिल्ला–नगरतर्फबाट केन्द्रीय समिति खुल्ला सदस्य पदमा उम्मेदवारी दिएको छु । यदि म निर्वाचित भएँ भने जिल्ला–नगरको एजेण्डा राष्ट्रिय एजेण्डा बनाउँछु । लाखौं व्यवसायीको समस्या एकपछि अर्को थपिँदै जाने र समाधानका लागि अहिलेसम्म कसैले पनि पहल नगरेकाले जिल्ला–नगरको एजेण्डा राष्ट्रिय एजेण्डा बनाउन मैले उम्मेदवारी दिएको हुँ ।
साना तथा मझौला व्यवसायीलाई परेको समस्याको सही व्यवस्थापन नै मेरो एजेण्डा हो । साना तथा मझौला व्यवसायीलाई करसम्बन्धी समस्या छन् । उहाँहरूले राज्यलाई कर तिरिरहनु भएको छ । व्यवसायीका समस्या एकपछि अर्को थपिँदै गएको छ । कर भ्याट, अन्तःशुल्क, प्यान, राजस्वसम्बन्धी राष्ट्रिय जागरण ल्याई साना तथा मझौला एवं जिल्ला–नगरका व्यवसायीको समस्या समाधान गर्न ढिला भइसकेको अवस्था छ ।
मैले २०४९ सालबाट व्यवसाय सुरु गरी अहिले उद्योग वाणिज्य महासंघमा मेला समितिमा रहेर काम गरिरहेको छु । धादिङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष तथा दुई कार्यकाल संघमै महासचिव भई काम गरेको छु । नेपाल राष्ट्रिय पशुपंक्षी व्यावसायी संघको केन्द्रीय उपाध्यक्ष भई यसअघि स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष, रेडियो बिहानीको सञ्चालक संस्था सहिद स्मृति सञ्चार सहकारी संस्थाका संस्थापक कोषाध्यक्ष र हाल महासचिव भई काम गरिरहेको छु ।
प्रस्तुति : राजेन्द्र बस्नेत

प्रतिक्रिया दिनुहोस्