पिज्जा खान खोज्दा कुटिकुटी मारियो «

पिज्जा खान खोज्दा कुटिकुटी मारियो

लन्डन-मर्निङटन पेनिन्सुलाको नजिकैका २६ वर्षीय काम स्मिथलाई पिज्जा खान खोज्दा कुटिकुटी मारिएको छ । गर्लफ्रेन्डसँग पिज्जा खान खोज्दा उनलाई पूmटेको बोतलले हानेर मरणासन्न पारिएको थियो । पछि उनलाई स्वास्थ्य सहयोगीहरुले उपचार गर्दाको समयमा मृत्यू भएको हो ।
उनी गर्लफ्रेन्डसँग पिज्जा खादाको समयमा तीन पुरुष र एक महिलाले बोलीबाट गाली गरेको उनका पिता माइकले आसू झार्दै लडेको बताएका छन् ।
“स्मिथले उनको प्रतिरक्षा गरेको र पछि फुटेको बोतल प्रहार गर्दा उनको मुटुमा चोट लागेको थियो,” उनले बताए ।
भिक्टोरिया प्रहरी प्रमुख आयुक्त सेन प्याटनले आरोपित आक्रमणकारीहरुलाई छिट्टै समातिने बताए ।
“हामी यी आक्रमणकारीहरुको पहिचान गर्नेछौ, यसमा कुनै शंका छैन,” उनको ठोकुवा थियो ।
१६ वर्षीय डाइलन लगायतका आघात पुगेको साक्षीहरुले मुठभेड भएको देखेका थिए ।
“सीसाको बोतल सहितका एक व्यक्ति थिए र उनी अर्को व्यक्तिमा खनिएर लडाईं सुरु गरे,” उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्