क्वान्टासको विमान चढ्नका लागि कोभिड–१९ को खोप अनिवार्य «

क्वान्टासको विमान चढ्नका लागि कोभिड–१९ को खोप अनिवार्य


क्यानबेरा-कोरोनाभाइरस महामारी सुरु भएदेखि अस्ट्रेलियाली विमान सेवा कम्पनी क्वान्टासले केही प्रमुख कदम चाल्दै आएको छ । कोरोनाभाइरस भएयता यसका लामो दुरीका विमानहरु ग्राउन्डेड भएका छन् र धेरै रुटहरुमा व्यापक गिरावट आएको छ । हाल आएर भने कोभिडपछिको समयका लागि यात्रुहरुलाई नयाँ मापदण्ड तोकिएको सीईओले एक टिभी कार्यक्रमको अन्तर्वार्ताको क्रममा बताएका छन् । अन्तर्राष्ट्रिय यात्रुहरुका लागि विमान चढ्नु अगाडि खोप लिनुपर्ने मापदण्ड कायम गरेको जोइसले बताए ।
घरेलु यात्रुका लागि भने कोभिड–१९ ले बजारमा कस्तो असर पार्छ सोही अनुसार निर्णय लिइने उनको भनाई थियो । तर अन्तर्राष्ट्रिय यात्रुका लागि भने खोप आवश्यक भएको जोइसको भनाई छ ।
कोभिड–१९ को खोपको मापदण्ड तोक्ने क्वान्टास पहिलो भए पनि योनै अन्तिम भने हुनेछैन । उनले यस बारेमा विश्वका अन्य विमान सेवाका सहकर्मीहरुसँग पनि कुराकानी गरिरहेको र क्षेत्रमा यो सामान्य हुन सक्ने उनको धारणा छ ।
यात्रुको मापदण्ड र प्रतिबद्धताको विषयमा जब यो सवाल आउछ विमान सेवाका लागि प्रसस्त मात्रामा लचकता हुनेछ ।
अस्ट्रेलिया सरसकारले विश्वकै कडा मध्येको कोभिड–१९ सम्बन्धित लकडाउन नीति अंगिकार गर्दै आएको छ । यसमा १४ दिनको अनिवार्य राज्य निर्देशित क्वारेन्टाइन पनि समावेश छ ।
धेरैजसो अस्ट्रेलियाका राज्यहरुले अन्य राज्य र क्षेत्रका वासिन्दाका लागि अस्थायी रुपमा उनीहरुको सीमा बन्द गर्दै आएका छन् । व्यस्त र आकर्षक मानिएको सिड्नी–मेलवर्न हवाई मार्ग हालै मात्र खुला गरिएको छ । यो न्यू साउथ वेल्स र भिक्टोरियाको ट्रान्जिट हो । धेरैजसो घरेलू अन्तर राज्य सीमाहरु क्रिशमश अगावै खुल्ने आशा रहेको जोइसले बताए ।

प्रतिक्रिया दिनुहोस्