दोस्रो पासपोर्ट लिने तयारीमा धनी अमेरिकी «

दोस्रो पासपोर्ट लिने तयारीमा धनी अमेरिकी

वासिङटन-अल्फाबेट इंकका पूर्व प्रमुख कार्यकारी अधिकारीले साइप्रसको नागरिकका लागि आवेदन गर्ने तयारी गरेका छन् । ६५ वर्षीय सचमिड पनि यसै खाले क्लबमा आवद्ध भएका छन् ।
ब्लूमबर्ग बिलिनियर इन्डेक्सका अनुसार सचमिडको सम्पत्ति १९ अर्ब डलर रहेको छ ।
अघिल्ला वर्षहरुमा अमेरिकी नागरिकहरुले गोल्डेन पासपोर्टका लागि बिरलै मात्र आवाज उठाउदै आएका थिए ।
“अमेरिकीहरुले दोस्रो पासपोर्ट लिन खोजेको यो भन्दा पहिले कहिले देखेका थिएनौ,” लन्डनमा रहेको फर्म हेनली एन्ड पार्टनर्सका निर्देशक पाडी ब्लीवेरले बताए । उनले अमेरिकी प्रश्नकर्ताहरुलाई इंगित गर्दै यस्तो बताएका हुन् । अमेरिकीहरुले दोस्रो पासपोर्ट लिने प्रवृत्ती आगामी वर्षहरुमा झनै बढ्ने उनको भनाई थियो । यस किसिमको अवस्था गत वर्षको अन्त्यमा आपूmले महशुश नगरेको धारणा उनको थियो ।
दोस्रो पासपोर्ट लिएपछि कर कम हुने, बढी लगानी स्वतन्त्रता पाइने र कम तनावमुक्त यात्रा लगायतका सुविधा हुने छन् ।
यस किसिमको पासपोर्ट सम्बन्धित मुलुकको सकारात्मक कर व्यवस्था भएदेखि पनि अमेरिकीमाझ लोकप्रिय हुन सकेको थिएन । यसले थोरै अमेरिकी नागरिकलाई मात्रै लाभ पुगेको थियो ।
तर, पछिल्लो समयमा कोरोनाभाइरसको महामारीले अमेरिकीमाझ दोस्रो पासपोर्ट लिने लालसा झनै बढेको छ ।
अमेरिकीहरुले सकेसम्म चाडो विपतमा नपर्नका लागि प्रयास गरिरहेको सेन्ट लुसियाको सिटिजनसिप–बाई–इनभेस्टमेन्ट युनिटका प्रमुख कार्यकारी नेस्टोर अल्फ्रेडले बताए ।

प्रतिक्रिया दिनुहोस्