रुसको गहुँ निर्यात कीर्तिमानी उच्च «

रुसको गहुँ निर्यात कीर्तिमानी उच्च

२०२०–२०२१ आर्थिक वर्षमा रुसले विश्वभरी गरेको गहुँको निर्यात कीर्तिमानी उच्च हुने भएको छ । यो २०१७–२०१८ को वर्षकै हाराहारीमा पुग्ने देखिएको सोभेकन अनुसन्धान केन्द्रले प्रकाशित गरेको तथ्यांकले देखाएको छ ।
रुसी गहुँको आपूर्ति १० लाख टन (२.५प्रतिशत) ले बढेर ४ करोड ८० लाख टन पुग्ने अपेक्षा केन्द्रले गरेको छ । गहुँको नयाँ निर्यात २०१७–२०१८ को सबै समयको उच्च अर्थात ४ करोड ९० लाख टन भन्दा थोरैले तल हुने रिपोर्टमा उल्लेख छ ।
जौ र मकैको अनुमानित आपूर्ति क्रमशः ४९ लाख टन र ३९ लाख टन हुने देखिएको छ ।
कुल अन्न निर्यात ५ करोड १२ लाख टन हुने अनुमान गरिएको छ । यो अघिल्लो प्रक्षेपण ०.८ प्रतिशतको तुलनामा (४ लाख टन) ले उच्च हो ।
रुसमा फेब्रुअरीदेखि अन्नबालीको संख्याको निर्यात कोटालाई आधार मानेर यो अनुमान लगाइएको हो । यसमा अन्नको शून्य निर्यात भन्सार ल्याइन सक्ने सम्भावित अवस्थालाई नजोडिएको सोभेकनले जनाएको छ । “यदि निर्यात भन्सारबाट कोटालाई विस्थापित गरिएमा हामीले गहुँको निर्यात कम हुने देखेका छौ । यो सम्भावित समीक्षाले कयौ लाख टन गहुँको निर्यात प्रभावित हुन सक्छ,” केन्द्रले बताएको छ ।
रुसको कृषि उत्पादन विगत ६ वर्षको अवधिमा २० प्रतिशतले वृद्धि हुदै आएको छ । पछिल्ला वर्षहरुमा रुसले विश्वको गहुँ बजारको आधा हिस्सा ओगट्दै आएको छ । यो सहित रुस विश्वकै ठूलो गहुँ निर्यातक मुलुक भएको छ । यसमा राम्रो उत्पादन र आकर्षक मूल्यको ठूलो योगदान छ ।
२००० को दसकको सुरुदेखि विश्व गहुँ बजारमा रुसको हिस्सा चार गुणाले बढेको छ । २०१८–१९ मा रुसले विश्व बजारमा ३ करोड ५२ लाख टन गहुँ आपूर्ति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्