चीनको डिजिटल अर्थतन्त्र ५० खर्ब डलर नाघ्यो «

चीनको डिजिटल अर्थतन्त्र ५० खर्ब डलर नाघ्यो

बेइजिङ-गत वर्ष चीनको ई–कमर्श कारोबार ३४.८१ ट्रिलियन युआन अर्थात ५२ खर्ब डलर नाघेको थियो । यो अघिल्लो वर्षको तुलनामा ६.७ प्रतिशतले बढी हो ।
२०१९ मा चीनमा ५४ लाख ४० हजार फोर जी स्टेशन थियो । मोबाइल डाटाको ट्राफिक १२२ अर्ब जीबी पुगेको थियो । यो सहित चीन यो मामिलामा विश्वकै पहिलो भएको छ । २०२० को सेप्टेम्बरसम्म चीनले ४ लाख ८० हजार ५–जी आधार स्टेशन खडा गरेको थियो ।
हालै प्रकाशित रिपोर्टका अनुसार कोभिड–१९ महामारीले इन्टरनेटको महत्व झनै बढाएको छ । डिजिटल अर्थतन्त्र कोरोनाभाइरसको प्रभाव कम गर्न महत्वपूर्ण माध्यम भएसँगै यसको महत्व झनै बढेको हो । यसले अर्थतन्त्रलाई नयाँ आकार दिएको छ र क्षमता अभिवृद्धि गराएको छ ।
रिपोर्टले उल्लेख गरेको अनुसन्धानका अनुसार मे को अन्त्यसम्ममा चीनको फाइबर अप्टिक नेटवर्क सहरी र ग्रामिण क्षेत्रमा फाइबर अप्टिक ग्राहकसँगै देशका ब्रोडब्यान्ड प्रयोगकर्ताको ९३.१ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्