सेयर बजारमा ऐतिहासिक कीर्तिमान «

सेयर बजारमा ऐतिहासिक कीर्तिमान

अर्थतन्त्रमा ठूलो संकुचन आइरहँदा अर्थतन्त्रको ऐना मानिने सेयर बजार परिसूचक भने ऐतिहासिक बिन्दुमा पुगेको छ । २०७३ साल साउन १२ गतेको १८८१.४५ अंकको रेकर्ड तोडेर बिहीबार सेयर बजार परिसूचक १८९३.२४ अंकमा बन्द भएको छ ।

बिहीबार नेप्से सूचक १८.४३ अंकले बढेर १८९३.२४ विन्दुमा आइपुगेको छ । २०१ कम्पनीको ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ७१ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ समूहमध्ये ५ वटा समूह उकालो लागेका छन् भने बाँकी ओरालो झरेका छन् । एनएमबि माइक्रोफाइनान्ससहित ४ वटा कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्