स्वास्थ्य सेवा डिजिटल हुदै र लगभग निःशुल्क : टिम ड्रापर «

स्वास्थ्य सेवा डिजिटल हुदै र लगभग निःशुल्क : टिम ड्रापर

अबुधावी-प्रविधिको प्रयोगले स्वास्थ्य सेवा विश्वभरी लगभग निःशुल्क हुने भेन्चर क्यापिटलिस्ट टिम ड्रापरले बताएका छन् ।
स्वास्थ्य सेवा पूर्ण रुपमा डिजिटल हुने उनले हालै आयोजना भएको भर्चुअल कार्यक्रममा बताए ।
“विश्वभरीनै स्वास्थ्य सेवा लगभग निःशुल्क सिर्जना गर्न लागिएको छ,” ड्रापर एसोसियसनका संस्थापकको भनाई थियो ।
अबुधावीको एक संप्रभु वेल्थ फन्ड मुबादाला इनभेस्टमेन्ट कम्पनीका इब्राहिम अजामीले कोरोनाभाइरसले सम्भवत प्रविधिको महत्वपूर्ण गतीलाई अगाडि बढाउनेतर्फ डो-याएको बताए । उनले आफूहरु यसको साक्षी भएको बताएका छन् । स्वास्थ्य सेवामा प्रविधिको भूमिकामा परिवर्तन आएको धारणा उनको छ ।
“क्लिनिल परीक्षणदेखि औषधी पत्ता लगाउन र स्वास्थ्य सेवा प्रणालीको रुपान्तरण, टेलिमेडिसिन र स्वास्थ्यलाई पर्सनलाईज गर्न सम्म यो कोभिड महामारीको अवधिमा धेरै प्रयोग र काम भइरहेको छ,”अजामीले बताए ।
कृतिम बौद्धिकता र तथ्यांकले कुशल एआई डक्टर सिर्जना गर्नमा सहयोग गर्ने ड्रापरले बताएका छन् ।
ड्रापर एसोसियट्ले लगानी गरेको स्वास्थ्य प्रविधि कम्पनी क्लाउडमेड्एक्सतर्फ उनले इंगित गरेका छन् । यसले चिकित्सा तथ्यांक प्रयोग गरेरे रोग पहिचानामा सामान्य डाक्टरले भन्दा राम्रो काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्