निर्माण सम्बन्धी उपकरण सुरक्षाको माग «

निर्माण सम्बन्धी उपकरण सुरक्षाको माग


नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सक्रिय निर्माण व्यवसायीमाथि अज्ञात समूहहरुबाट निरन्तर भइरहेको आक्रमणप्रति आपत्ति जनाएको छ । महासंघले विज्ञप्ती जारी गरेर व्यवसायीहरुलाई निरन्तर हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएो छ ।
मंगलबार राती रोल्पा प्युठान जोड्ने घोडाखोलाको पुल निर्माण आयोजनामा किनारामा पार्किङ गरी राखिएका स्क्याभेटरमा आगजनी गरिएको महासंघले जनाएको छ । जलजला-आँसु-जय माँ निर्माण सेवाका सञ्चालक तथा महासंघका कार्यसमिति सदस्य बालाजु श्रेष्ठको चार वटा स्क्याभेटरमा आगजनरी गरीएको महासंघले जनाएको छ ।
रा.१ क. ३६७ नम्बरको स्क्याभेटरमा आगजनी हुँदा करोडौको क्षति भएको महासंघले जनाएको छ । ती स्क्याभेटरहरु कल्याणकोट—कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका थिए ।
निर्माण व्यवसायी र उनीहरुका उपकरणहरुको सुरक्षालाई लिएर महासंघले पटक पटक प्रधानमन्त्री, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरुसहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा समेत आक्रमण नरोकिनु चिन्ताको विषय भएको महमासंघले जनाएको छ । आफ्नो सुरक्षाको मागलाई सरकारले बेवास्ता गरे देशभरका निर्माण कार्य ठप्प पारीसशक्त आन्दोलनमा जान बाध्य हुने महासंघको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्