तराई क्षेत्रमा उच्च मूल्यवृद्धि «

तराई क्षेत्रमा उच्च मूल्यवृद्धि


नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि रहेको सरकारी अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले तराई क्षेत्रमा सबैभन्दा धेरै ४.४६ प्रतिशत मूल्यवृद्धि रहेको देखाएको हो । त्यसपछि हिमाली क्षेत्रमा सबै भन्दा धेरै ४.३९ प्र्रतिशत मूल्यवृद्धि रहेको देखाएको छ ।
राष्ट्र बैंकले साउनदेखि असोजसम्मलाई आधार मानेर गरेको अध्ययनअनुसार सबैभन्दा कम मूल्यवृद्धि भने पहाड क्षेत्र रहेको छ । पहाड क्षेत्रमा मूल्यवृद्धि ३.०३ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत मूल्यवृद्धि रहेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको चार महिनाको तुलनामा यो वर्षको असोजसम्ममा मूल्यवृद्धिमा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ४.८९ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, हिमालमा ५.११ प्रतिशत र काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत रहेको थियो । त्यस्तै, उपभोक्ता मुद्रा स्फीतिदर पनि घटेको छ । आर्थिक वर्षको सुरुदेखि नै घट्दोदरमा रहेको मूल्यवृद्धि असोज मसान्तमा ३.७९ प्रतिशतमा ओर्लेको विवरणमा उल्लेख छ । खाद्य तथा गैरखाद्य मुद्रास्फितिमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फिति घटेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्