भारतमा चाडबाडमा सवारी साधनको बिक्री बढ्यो «

भारतमा चाडबाडमा सवारी साधनको बिक्री बढ्यो

नयाँ दिल्ली-यो वर्ष भारतमा चाडँबाडँको समयमा सवारी साधनको बिक्रीमा वृद्धि भएको छ । यसका साथसाथै मोटर बिमाको कारोबारमा पनि वृद्धि भएको छ । अक्टोबरमा मोटर बिमा प्रिमियममा वार्षिक मापनका आधारमा करिब ३ प्रतिशतले वृद्धि भएको छ । यद्यपि यो वर्षको त्यो भन्दा अघिल्ला अवधिहरुमा मोटर बीमा प्रिमियममा गिरावट आएको थियो ।
यात्रु सवारीको बिक्री अक्टोबरमा १४.१९ प्रतिशतले वृद्धि भएर ३,१०,२९४ थान पुगेको थियो । गत वर्ष सवारी साधनको बिक्री २,७१,७३७ थियो । सियामका अनुसार चाडँबाडँको समयमा मागमा वृद्धि भएको र यसको पूर्तिका लागि डीलरले अधिक संख्यामा सवारी साधनको मागलाई बढाएका थिए । आंंकडाका अनुसार दुई पांग्रे सवारी साधनको बिक्री १६.८८ प्रतिशतले वृद्धि भएर २०,५३,८१४ थान पुगेको थियो । गत वर्ष यो संख्या यसै महिनामा १७,५७,१८० थियो । यो अवधिमा मोटरसाइकलको बिक्री २३.८ प्रतिशतले बढेर १३,८२,७४९ पुगेको थियो । स्कुटरको बिक्रीमा १.७९ प्रतिशतले वृद्धि भएर ५,९०,५०७ थान पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्