पाइलट नेपालीको शोकमा प्याराग्लाईडिङ बन्द «

पाइलट नेपालीको शोकमा प्याराग्लाईडिङ बन्द

पोखरा- फिष्टेल प्याराग्लाइडिङ कम्पनीका ३८ वर्षीय प्याराग्लाईडिङ पाइलट राजु गैरे नेपालीको प्याराग्लाईडिङ दुर्घटनामा परी मृत्य भएपछि मंगलबार उनको शोकमा प्याराग्लाईडिङ खेल गतिविधि बन्द गरिएको छ । पोखरामा व्यावसायिक प्याराग्लाईडिङ गर्ने क्रममा दुर्घटनामा परी सोमबार मृत्यु भएका नेपालीको शोक सभासहित मंगलबार प्याराग्लाईडिङ गतिविधि बन्द गरिएको नेपाल हवाई खेलकुद संस्थान अध्यक्ष कृष्ण भण्डारीले बताए ।
दुर्घटनाबारे छानविन गर्न नारायण पहारीको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । एक साताभित्र घटनाको प्रतिवदेन बुझाउ समितिलाई समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्