कोभिड–१९ ले २०२१ सम्म १५ करोड चरम गरिबीमा «

कोभिड–१९ ले २०२१ सम्म १५ करोड चरम गरिबीमा

वासिङटन-यो वर्ष विश्वव्यापी गरिबी २० वर्षकै अवधिमा पहिलो पटक चरम रुपमा वृद्धि हुने देखिएको छ । कोभिड–१९ का कारण यस किसिमको अवस्था सिर्जना हुन लागेको हो । यसमा पहिलेनै प्रभाव पार्दै आएको जलवायु परिवर्तनलले मन्द बनाएको गरिबी निवारणको प्रगतीमा थप धक्का लागेको विश्व बैंकले जनाएको छ ।
२०२१ सम्ममा गरिबीको संख्यामा थप वृद्धि भएर १५ करोड पुग्ने विश्व बैंकले जनाएको छ । गरिबीको संख्यामा हुने वृद्धिमा कठोर किसिमको आर्थिक संकुचनको प्रभाव झनै रहने छ । दैनिक १.९० डलर भन्दा कम आम्दानी भएकालाई गरिबीको रेखानुमनीको परिभाषामा समावेश गरिएको छ । यो संख्या विश्वको जनसंख्याको ९.१ र ९.४ प्रतिशतकाबीच हुने ‘पोभर्टी एन्ड सेयर्ड प्रस्परिटी रिपोर्ट’ले जनाएको छ । यो २०१७ को ९.२ प्रतिशतको दर भन्दा पनि खराब हो । महमारीले विश्वलाई नघेरेको भए गरिबीको दर २०२०मा ७.९ प्रतिशतमा झर्ने अपेक्षा गरिएको थियो ।
“महामारी र विश्वव्यापी मन्दी विश्व जनसंख्याको १.४ प्रतिशत जनसंख्या चरम गरिबीमा झर्न सक्ने अपेक्षा गरिएको थियो,” विश्व बैंकका ग्रुपका अध्यक्ष डेभिड माल्पासले बताए । विकासको प्रगती र गरिबी निवारणमा लागेको यो गंभीर धक्का उल्टाउन विश्वका देशहरुले कोभिडपछि पृथक अर्थतन्त्रका लागि तयार हुनु आवश्यक छ । उनीहरुले पुँजी, श्रम, सीप र आविष्कारलाई व्यवसाय र अन्य क्षेत्रमा प्रयोग गर्नुपर्छ ।
विश्व बैंक समूहले आईबीआरडी, आईडीए, आईएफसी र मिगा मार्फत विकासशील मुलुकको वृद्धि र स्वास्थ्यप्रतिको जिम्मेवारीको पुनः थालनीका लागि सहयोग गर्नेछ ।
धेरैजसो थपिने गरिब पहिलेनै उच्च गरिबीको दर भएका मुलुकहरुमा हुने रिपोर्टमा उल्लेख छ ।
केही संख्याका मध्यम आम्दानी भएका मुलुकहरुमा ठूलो संख्याका मानिसहरु गरिबीको रेखामुनी धकेलिने छन् । कुलको झन्डै ८२ प्रतिशत मध्यम आम्दानी भएका मुलुकहरुमा हुने रिपोर्टको अनुमान छ ।
द्वन्द्व र जलवायु परिवर्तनको दबाब सहित कोभिड–१९ का कारण २०३० सम्ममा गरिबी निवारण गर्ने लक्ष्य पहँुच भन्दा पर जान सक्छ । २०३० सम्ममा विश्वव्यापी गरिबीको दर ७ प्रतिशतको हाराहारीमा हुन सक्छ ।
सहरी वासिन्दाको ठूलो संख्या चरम गरिबीमा धकेलिन सक्ने छ । यस किसिमका वासिन्दा परम्परागत रुपमा ग्रामिण क्षेत्रमा प्रभावित रहदै आएका थिए ।
गरिबी निवारणको मामिलामा भएको प्रगती कोभिड–१९ संकट अगाडिनै सुस्त भइसकेको थियो । पछिल्लो विश्वव्यापी गरिबी तथ्यांकले २०१५ देखि २०१७ को बीचमा ५ करोड २० लाख मानिस गरिबीबाट बाहिरिएको देखाएको छ । विश्वव्यापी गरिबी १९९० देखि २०१५ को बीचमा प्रति वर्ष १ प्रतिशत विन्दुका दरले घट्दै आएको थियो ।
१.९० डलर प्रतिदिनको अन्तर्राष्ट्रिय गरिबीको रेखाका अलाावा विश्व बैंकले ३.२० डलर र ५.५० डलरलाई पनि गरिबी मापनको मापदण्ड मानेको छ । यो न्यून मध्यम आम्दानी र माथिल्लो मध्यम आम्दानी भएका मुलुकहरुमा लागू हुनेछ ।
रिपोर्टले गरिबीलाई बहुपक्षिय रुपमा मापन गरेको छ । यसमा शिक्षामा भएको पहुँच र आधारभूत पूर्वाधारमा पहुँचको विषयलाई पनि समावेश गरिएको छ ।
विश्वको जनसंख्यको प्रति दिन १.९० डलर भन्दा कममा बाच्ने जनसंख्या १ दसासं भन्दा कम छन् । विश्वको जनसंख्यकाको एक चौथाई ३.२० डलर भन्दा कममा जीवनयापन गर्दै आएका छन् र ४० प्रतिशत भन्दा बढी अर्थात झन्डै ३.३ अर्ब मानिस ५.५० डलर भन्दा तल जीवनयापन गर्दै आएका छन् ।
कोभिड–१९ ले ‘सेयर्ड प्रस्परिटी’ (कुनै पनि मुलुकको जनसंख्याको तल्लो स्तरमा रहेका ४० प्रतिशत गरिबको आम्दानीमा भएको वृद्धि) लाई पनि घटाएको छ ।
औसत आम्दानी वृद्धिमा आएको गिरावटका कारण औसत विश्वव्यापी ‘सेयर्ड प्रस्परिटी’ २०१९–२०२१ को अवधिमा घट्ने देखिन्छ । महामारीका कारण भएको आर्थिक गतिविधिको गिरावटकाका कारण विशेषगरी सर्वाधिक गरिब मानिसलाई असर पार्नेछ । र यसले ‘सेयर्ड प्रस्परिटी’ लाई आगामी वर्षहरुमा झनै घटाउने छ ।
कम समावेशी वृद्धिको अवस्था अघिल्लाको तुलनामा उल्टने स्पष्ट छ । उपलव्ध तथ्यांकका आधारमा ९१ मध्ये ७४ मुलुकमा ‘सेयर्ड प्रस्परिटी’ मा वृद्धि भएको छ । यो तथ्यांक २०१२–२०१७ सम्मको हो । यसको अर्थ वृद्धि समावेशी भएको र ४० प्रतिशत सर्वाधिक गरिबको आम्दानीमा वृद्धि भएको छ । यी मध्ये ५३ मुलुकमा वृद्धिले समग्रलाई भन्दा पनि सर्वाधिक गरिबलाई लाभ पुगेको छ ।
२०१२–२०१७ सम्मको अवधिमा औसत विश्वव्यापी ‘सेयर्ड प्रस्परिटी’ २.३ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्