अब नडराई लिनुहोस् डेजर्टको मज्जा «

अब नडराई लिनुहोस् डेजर्टको मज्जा

ज्योति ग्रुपले जीएफपिएलसँग साझेदारी गरी नेपालमा ‘द ब्रुकलेन क्रिमरी’ लञ्च गरेको छ । यो एक कम क्यालोरी भएको रियल डेरी आइसक्रिम हो जसमा हरेक स्कुपमा मात्र ७५ क्यालोरी रहेको छ ।
सन् २००७ मा सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालिबाट खाद्य उद्योगमा ज्योति ग्रुपले उक्त कम्पनीमार्फत वर्षौंदेखि आइसक्रिमको व्यापारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । नेपालभर तीव्र गतिमा आफ्नो डिस्ट्रिब्यूसन च्यानल र अफिसहरु विस्तार गर्ने क्रममा रहेको यस ब्राण्डलाई अझ उचाईमा पुर्याउनका लागि हस्पिटालिटी र रिटेल क्षेत्रका दक्ष तथा समर्पित टीमको साथ रहेको छ ।
ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठका साथै ज्योति ग्रुपका टीमको उपस्थितिमा काठमाडौंमा द बु्रकलेन क्रिमरीलाई लञ्च गरिएको थियो । यसै लन्च इभेन्टमार्फत् भिगन आइसक्रिम, चकलेट बारस्, फ्रुट बारस् र आइसक्रिमहरुका विभिन्न प्रकारहरु लञ्च गरिएको थियो ।
हालको समयमा द ब्रुकलेन आइसक्रिमहरु अनलाइनमार्फत् बिक्री भइरहेको र आउँदो समयमा नेपालका विभिन्न आउटलेटहरुबाट यसको बिक्री वितरण गरिनेछ । दुई साइजमा उपलब्ध यस आइसक्रिमको मूल्य २२५ रुपैयाँ (१०० एमएल) र ७७५ रुपैयाँ (४५० एमएल) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्