आगामी रणनीतिबारे अञ्जन श्रेष्ठ समूहको पुस्तक सार्वजनिक «

आगामी रणनीतिबारे अञ्जन श्रेष्ठ समूहको पुस्तक सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठसहितको टीमले निर्वाचनपछि आफ्नो प्राथमिकताको दस्तावेजसहितको पुस्तक सार्वजनिक गरेको छ ।
महासंघको ५४औं साधारणसभामा उनले शेखर गोल्छा समूहबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । मंगलबार एक सार्वजनिक कार्यक्रम गरेर पुस्तक सार्वजनिक गरिएको हो । श्रेष्ठले निर्वाचनको प्रक्रिया सुरु हुनुअघि नै विभिन्न वस्तुगत संघका समस्या र चुनौतीहरु छनोट गरि लिपिवद्ध गरिएको बताए ।
उनका अनुसार पुस्तकमा समेटिएका विषय सबै वस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पूरा गर्नु पर्ने विषय छनोट गरिएका छन् । श्रेष्ठले समूह निर्माण गर्दा समेत सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी बनाएको समेत जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्